कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

गृहको लेटरहेड किर्ते गर्ने पक्राउ 

काठमाडौँ — गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीको नाम र लेटरप्याड किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई समातेको छ । महानगरीय प्रहरी वृत्त सिंहदरबारको टोलीले लक्ष्मी अधिकारीलाई गृह मन्त्रालयसम्बद्ध नक्कली लेटरप्याडसहित पक्राउ गरेको हो । 

गृहको लेटरहेड किर्ते गर्ने पक्राउ 

अधिकारीले अमेरिका पठाउने भन्दै झुक्याएर ५ जनाबाट २५ लाख रुपैयाँ ठगेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता होवीन्द्र बोगटीले जानकारी दिए । प्रहरीले उनको साथबाट रकम नभएको अकाउन्टको करोडौं रकम बराबरको चेकसमेत बरामद गरेको छ ।


प्रहरीले उनलाई सरकारी किर्ते ठगीमा म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : असार १७, २०७६ २०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?