लोकसेवाको विज्ञापन स्थगित नहुने

कान्तिपुर संवाददाता

काठमाडौँ — स्थानीय तहमा रिक्त पदका लागि लोकसेवा आयोगले गरेको विज्ञापन स्थगित नहुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले सोमबार स्थानीय तहका लागि लोकसेवाद्वारा गरिएको विज्ञापन अघि बढाउने बाटो खोलिदिएको छ ।

ZenTravel

सर्वोच्चमा सोमबार लोकसेवाको विज्ञापनविरुद्ध परेका रिटमा सुनुवाइ सकिएपछि न्यायाधीशद्वय कार्की र भट्टराईको इजलासले अन्तरिम आदेश जारी गर्न नपर्ने भनेको छ ।

Meroghar

आयोगले मुलुकभरका ५ सय १५ स्थानीय तहमा रिक्त ९ हजार १ सय ६१ पदका लागि जेठ१५ गते विज्ञापन गरेको थियो । ती पदका लागि मुलुकभरबाट ४ लाखभन्दा बढी दरखास्त परिसकेको छ । दरखास्त दिने म्याद मंगलबार सकिँदै छ ।

न्यायाधीशद्वयले आफ्नो आदेशमा लोकसेवाको विज्ञापनमा समावेशी समूहका १ लाख ५० हजार जनासहित ४ लाखभन्दा बढीको दरखास्त परिसकेकाले उनीहरूको खुला प्रतिस्पर्धा गर्न पाउने हक कुण्ठित हुने गरी अन्तरिम आदेश जारी गर्न नमिल्ने ठहर गरेका छन्।

‘विज्ञापनबमोजिम चार लाखभन्दा बढीको संख्यामा दरखास्त परेको र त्यसमध्ये समावेशी समूहका तर्फबाट एक लाख ५० हजारभन्दा बढी व्यक्तिको दरखास्त परेको देखिएकाले ती व्यक्तिको प्रतिस्पर्धा गर्न पाउने संवैधानिक हक कुण्ठित हुने गरी अन्तरिम आदेश जारी गर्न उचित र आवश्यक देखिएन,’ न्यायाधीशद्वयको आदेशमा उल्लेख छ ।

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले संविधानको समानुपातिक र समावेशी व्यवस्थाविपरीत स्थानीय तहका लागि गरिएको विज्ञापन रद्द गर्न सरकार र लोकसेवा आयोगलाई निर्देशन दिएको थियो । लोकसेवाको विज्ञापनविरुद्ध संसद् एवं सडकमा विरोध र समर्थन हुँदै आएको थियो । सर्वोच्चमा छुट्टाछुट्टै चारवटा रिट परेका थिए ।

रिट जारी गर्न नपर्ने सर्वोच्चको आदेशले आयोगको विज्ञापनलाई वैधता दिएको छ । सर्वोच्चले १५ दिनपछि छलफलका लागि पुनः दुवै पक्षलाई बोलाएको छ ।

प्रकाशित : असार १७, २०७६ ०७:०४
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

मुक्तकसँगै दहि चिउरा 

कान्तिपुर संवाददाता

काठमाडौँ — असार महिनासित लोक साहित्यसित पनि साइनो छ । काँठका किसानहरू असारे भाका गाउँदै रोपाइँमा व्यस्त भइरहेको बेला सहरका श्रष्टाहरूले भने गजल सुनाउँदै दही–चिउरा खाए ।

नेपाल मुक्तक प्रतिष्ठानले नियमित मुक्तकवाचनको १७ औं शृंखलालाई असार १५ को सन्दर्भ पारेको हो।

अनामनगरस्थित मिडिया इन्टरनेसनलमा सम्पन्न कार्यक्रममा श्रष्टाहरू जैनेन्द्र जीवन, रामकाजी कोने, चित्रकार किरण मानन्धर, राधेश्याम लेकाली, वियोगी बुढाथोकीलगायतले ‘असार १५’ को महत्त्व र लोकसाहित्यको महत्त्व प्रकाश पारे।

‘एक प्रकारले असार १५ लोक उत्सव हो,’ प्रतिष्ठानका अध्यक्ष कोनेले भने, ‘गजल साहित्य मार्फत यसलाई प्रवर्द्धन गर्न खोजेका हौं।’ दही–चिउरा खाँदै गजल सुनाउनेहरूमा रमेश पौडेल, उदास कार्की, एलिसा एकलास, किरण दर्पण, भगवती बस्नेत, पारू स्मृति, प्रकाश बस्नेत गफाडी, प्रकाश घायल, सन्तोष अम्गाई, सुनील अधिकारी, रवीन्द्र आशिष शैली, शिवराम खडका, निर्मल रमण पराजुली, चापाहाङ चेमेजोङ, लव गाउँले, बादल घिमिरेलगायत थिए।

प्रकाशित : असार १६, २०७६ २१:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×