१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

चन्दसँग वार्ताबाट समाधान खोजौं: भट्टराई

हरिराम उप्रेती

गोरखा — समाजवादी पार्टी राष्ट्रिय परिषदका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई दमन नभइ वार्ताबाट समस्या समाधान गर्नुपर्ने बताएका छन् ।  

चन्दसँग वार्ताबाट समाधान खोजौं: भट्टराई

सोमबार गृहजिल्ला गोरखामा भएको पत्रकार सम्मेलनमा उनले चन्द नेतृत्वको नेकपालाई राजनितिक ढंगले ब्यवहार गर्नुपर्ने बताए । ‘राजनितिक संघर्षको रुपमा बुझेर राजनीतिक ढंगले सामाधान गर्नुपर्छ,’ उनले भने, ‘राज्यशक्तिले बल प्रयोग गरेर हल हुँदैन, प्रधानमन्त्री र मुख्य पार्टीका नेता विद्रोहबाट आउनुभएको हो दमन होइन वार्ताबाट हल गर्नुपर्छ भनेर उहाँहरुले पनि बुझ्नुपर्ने हो ।’

दुई तिहाइको सुविधा प्राप्त सरकारले अवसरको सदुपयोग गर्न नसकेको भट्टराइको भनाइ छ । ‘विकास निर्माणको लहर ल्याउने जुन अवसर थियो, डेड वर्षको परिणाम हेर्दा उत्साहजनक छैन, अहिलेको सरकारले जनताको अभिमतको ठीक ढंगले सदुपयोग गर्नै सकेन’ उनले भने, ‘सत्तापक्षकै नेता कार्यकर्ता पनि सन्तुष्ट नभएको पाएका छौँ ।’

पुरानो केन्द्रिकृत ढाँचाबाट अघि बढ्दा सरकारले गति लिन नसकेको उनको आरोप छ । ‘नेकपा डबलको सरकारलाई सुविधा प्राप्त छ,’ उनले भने, ‘केन्द्रिकृत मानसिकता बाधक बनेको छ ।’ संघीयता कार्यन्वयनमा भन्दा पनि केन्द्रमा बढी अधिकार राख्दा समस्या थपिएको उनले बताए । ‘७० प्रतिशत केन्द्रमा राखेर ३० प्रतिशत मात्र तल्लो तहमा बाँडिएको छ, यसले परिणाम दिन सक्दैन,’ उनले भने ।

गणतन्त्र, धर्मनिरपेक्षता साविकको एमाले र कांग्रेसको एजेण्डा नभएको उनले बताए । ‘संयोगले नेतृत्व उहाँकै हातमा छ, यसले गतिरोध आएको देख्छु,’ उनले भने, ‘दुर्भाग्य माओवादीको एउटा तप्का पनि त्यहाँ मिसिन पुगेको छ ।’

प्रकाशित : असार १६, २०७६ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?