काठमाडौं बारमा नयाँ कार्यसमिति 

काठमाडौँ — नेपाल बार एसोसिएसनको काठमाडौं शाखामा नयाँ कार्यसमिति चयन भएको छ । अधिवक्ता जगदीश घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । निर्वाचित सबै प्रजातान्त्रिक समूहमा आवद्ध छन् । घिमिरेले १००३ मत पाएका थिए भने उनका प्रतिस्पर्धी कुमारप्रसाद आचार्यले ११० मत पाए ।

उपाध्यक्षमा ९९८ मतसहित सुबोधबाबु चिलुवाल निर्वाचित भए । उनका प्रतिस्पर्धी लोकप्रिय सुनुवारले ११३ मत ल्याए । अनि सचिवमा दमनबहादुर चन्द ९८९ मतसहित निर्वाचित भए । सचिवकै प्रतिस्पर्धी चन्द्रबहादुर गोपालीले ११८ मत ल्याए । सहसचिवमा लक्ष्मी सापकोटा निर्विरोध निर्वाचित भएकी थिइन् ।


कोषाध्यक्षमा विश्वास आचार्य ९६६ मतसहित निर्वाचित भए भने दुर्गाप्रसाद खनालले १३६ मतमात्रै ल्याए । महिला सदस्यमा अञ्जना अर्याल र प्रमिला कायस्थ निर्विरोध भएका थिए । बाँकी सदस्यहरुमा अञ्जन धिताल, दिवाकरराज पाण्डे, ज्ञानेन्द्रप्रसाद दाहाल, राजकुमार अधिकारी, जयबहादुर भुजेल, विनु श्रेष्ठ, विश्वरमण सिंह, विष्णुप्रसाद ढकाल, वीरेन्द्र पाठक, वासुदेव रिजाल, डा. शिवकुमार यादव र दिपेन्द्र अधिकारी निर्वाचित भए ।

प्रकाशित : असार १५, २०७६ २०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?