२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

राष्ट्रपति ट्रम्पले टेके उत्तर कोरियामा पाइला

रोयटर्स

सियोल — डोनाल्ड ट्रम्प उत्तर कोरियाली भूमिमा पाइला राख्ने पहिलो अमेरिकी राष्ट्रपति बनेका छन् । आइतबार राष्ट्रपति ट्रम्पले दुई कोरियाको सीमाना छुट्टाउने सैनिक रहित क्षेत्रमा कोरियाली नेता किम जोङ उनसँग भेटवार्ता गरेका हुन् । गत फेब्रुअरीमा यी दुई नेताबीच कोरियाको आणविक कार्यक्रमको विषयलाई लिएर शिखर सम्मेलन भएको थियो ।

राष्ट्रपति ट्रम्पले टेके उत्तर कोरियामा पाइला

राष्ट्रपति ट्रम्प र नेता किमले दुई कोरियालाई छुट्याउने क्षेत्रमा उभिएर हात मिलाएका थिए । किमसँग भेटवार्ता गरे लगत्तै ट्रम्पले सैनिकरहित क्षेत्रबाट उत्तर कोरियामा पाइला टेकेका थिए ।


'यो विश्वको लागि ठूलो दिन हो र मेरा लागि पनि यहाँ आउनु गर्वको कुरा हो । ' राष्ट्रपति ट्रम्पले भने, 'धेरै ठूला कार्यहरु भइरहेका छन् । ' किमसँग भेट्नुअघि राष्ट्रपति ट्रम्प र दक्षिणी कोरियाली राष्ट्रपति मुनले अमेरिकी र दक्षिणी कोरियाली अधिकारीहरुसँग केहीबेर छलफल गरेका थिए ।


यसअघि ट्रम्पले ट्विट गर्दै तेस्रो शिखर सम्मेलनका लागि आमन्त्रण गर्दै किमसँग भेट्न ज्यादै उत्सुक रहेको बताएका थिए । 'हेरौँ अब के हुन्छ ' सोलमा व्यापारीहरुसँग कुरा गर्दै ट्रम्पले भने, ' एउटा ह्यान्डसेक भनेको धेरै हो । '


यी दुई नेताबीच सन् २०१८मा पहिलोपटक भेटवार्ता भएको थियो । पहिलो वार्ता फलदायी रहेको बताइएपनि दोस्रो शिखर सम्मेलन बिना निष्कर्ष टुंगिएको थियो ।


अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार उनीहरु दुईबीच भएको पछिल्लो वार्ता बिना कुनै निष्कर्ष टुंगिएसँगै सम्बन्ध केही चिसिएको थियो । सम्बन्ध चिसिएपनि दुई नेताबीच चिठ्ठी आदनप्रदान भने भइरहेको थियो ।

ट्रम्पसँग भेट्नुअघि किम निर्धारित समयमा नै उक्त स्थानमा आइपुग्नेमा अन्यौल रहेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रकाशित : असार १५, २०७६ १४:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?