कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

ईपीएसको नतिजा सार्वजनिक, १२००९ जना उत्तीर्ण [नतिजासहित]

काठमाडौँ — रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जानेको लागि लिइएको भाषा परीक्षामा १२ हजार ९ जना उत्तीर्ण भएका छन् ।
गत जेठ २६ र २७ गते सम्पन्न परीक्षामा ७४ हजार ८ सय ६० जनाले परीक्षा दिएको नेपाल इपीएस सेन्टरले जनाएको छ। ८२ हजार २ सय ३५ जनाले आवेदन दिएका थिए।

ईपीएसको नतिजा सार्वजनिक, १२००९ जना उत्तीर्ण [नतिजासहित]

कोरियन भाषा परिक्षाका लागि काठमाण्डौ र ललितपुरमा २४ केन्द्र र पोखरामा चार गरी २८ केन्द्रमा परीक्षार्थीहरुले परीक्षा दिएका थिए। जसमा २ सय ४७ जना नक्कली परीक्षार्थी पक्राउ परेका थिए।

कोरियामा विदेशी कामदार ल्याउने १६ देश मध्ये कामदार संख्याको आधारमा कम्बोडिया पछि नेपाल दोस्रो स्थानमा रहेका छ। सन् २००७ बाट नेपालमा इपीएस सुरु भए यता अन्य देशको तुलानामा नेपाली कामदार इमान्दार र राम्रो भाषा बोल्ने भएकाले नै नेपालीको संख्यामा वृद्धि भएको इपीएस कर्मचारीहरुले बताएका छन्।

हेर्नुहोस् नतिजा:

प्रकाशित : असार १३, २०७६ १४:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?