फ्रि तिब्बतको कार्यक्रमले विवादित सांसद यादव पार्टीबाट निलम्बित

कान्तिपुर संवाददाता

काठमाडौँ — समाजवादी पार्टीबाट प्रतिनिधिसभाका सदस्य प्रदीप यादव पार्टीबाट ६ महिनाका लागि निलम्बित भएका छन् । फ्रि तिब्बतको कार्यक्रममा सहभागी भएपछि विवादित बनेका सांसद यादवलाई समाजवादी पार्टीको मंगलबार बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले ६ महिनाका लागि निलम्बनको निर्णय गरेको हो ।

सांसद यादव पार्टी नीतिविपरीत जानकारी नै नगराइ लाटभियामा भएको 'इन्टरनेशनल नेटवर्क अफ पारलियामेन्टैरियन अन फ्रि तिब्बत' कार्यक्रममा सहभागी भएको भन्दै समाजवादीले स्पष्टीकरण सोधेको थियो । उनको स्पष्टीकरण चित्तबुझ्दो नभएकोले निलम्बनको निर्णय गरिएको मंगलबार समाजवादीका उपमहासचिव तथा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

बैठकले पार्टीको विभिन्न विभागसमेत गठन गरेको छ । जसअनुसार कार्यालय प्रमुखमा अधिकारी, प्रचार विभागमा सचिव प्रशान्त सिंह, अर्थ विभागमा कोषाध्यक्ष विजयकुमार यादव, विज्ञ परिषद् प्रमुखमा पुष्पराज राजकर्णिकार र केन्द्रीय सल्लाहकार समिति प्रमुखमा भीमप्रसाद गौतम चयन भएका छन् ।

प्रकाशित : असार १०, २०७६ १९:५७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

चट्याङ लागेर ३ को मृत्यु

कान्तिपुर संवाददाता

भैरहवा — चट्याङ लागेर रुपन्देहीमा मंगलबार तीन जनाको मृत्यु भएको छ । साँझ घरखेतमा काम गरिरहेको बेला चट्याङ परेको थियो । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मृत्यु हुनेमा गैडहवा गाउँपालिका ७ का २५ वर्षीय भगवानदास लोध, कञ्चन गाउँपालिका–२ का ६० वर्षीय नन्दराम अर्याल र सैनामैना नगरपालिका–७ का ६२ वर्षीय चन्द्र बहादुर विक छन् ।

उपचारका क्रममा मणिग्रामस्थित क्रिमशन अस्पतालमा र अन्य दुईजनाको बुटवलस्थित प्रदेश अस्पतालमा मृत्यु भएको हो ।

प्रकाशित : असार १०, २०७६ १९:५३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT