थुनुवा बाेकेको प्रहरीको जिप दुर्घटना, २ को मृत्यु 

शिव पुरी

रौतहट — थुनुवा बाेकेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको जिप मंगलबार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने प्रहरी सहित ८ जना घाइते छन् । 

अदालतमा म्याद थप गर्न थुनुवा लिएर सदरमुकाम गौर जाँदै गरेको प्रहरीको टाटा पिकअप जिप चन्द्रपुर १० स्थित गौर खण्डको बालचनपुर नजिक दुर्घटना भएको थियो । दुर्घटनामा परी चन्द्रपुरका २६ वर्षीय मुकेश भन्ने निर्मल साह र सुनसरी इनरुवा–१ का ४० वर्षीय रामेशकुमार चौधरीको मृत्यु भएको हो ।

साह लागूऔषध अभियोगमा पक्राउ परेका व्यक्ति हुन् भने चौधरी सवारी ज्यान मुद्दामा अनुसन्धानका लागि हिरासतमा थिए ।

जिपको एक्सल भाँचिएपछि सडकबाट तल खसेको थियो । ४ जना थुनुवाको म्याद थपका लागि प्रहरी सहायक निरीक्षक दिनेश चौलागाईको कमाण्डमा ६ जना प्रहरी पनि सोही जिपमा सवार थिए ।

दुर्घटनामा परी असई चौलागाईको टाउको र छातिमा चोट लागेको छ भने प्रहरी हवल्दार उमेश यादव, विनोद मण्डल, प्रहरी जवान सञ्जिव कार्की, अजय कुमार यादव, हरि किशोर चौधरी घाइते छन् ।

घाइते प्रहरी चौधरीलाई थप उपचारका लागि वीरगन्ज पठाइएको छ । अन्यको अवस्था समान्य छ ।

अभद्र व्यवहार मुद्दामा हिरासतमा रहेका चन्द्रपुर–३ का टेकबहादुर थिङ्ग, चन्द्रपुर–८ का कुमार गेलाल घाइते छन् । उनीहरुको अवस्था समान्य रहेको प्रहरी कार्यालयले जनाएको छ । समान्य घाइतेको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : असार १०, २०७६ १९:०८
प्रतिक्रिया
पठाउनुहोस्

बन्दका क्रममा विस्फोट, आगजनी र तोडफोडका ५५ घटना

जनकराज सापकोटा

काठमाडौँ — नेत्रविक्रम चन्द समूहले आहृवान गरेको नेपाल बन्दका क्रममा विस्फोट, आगजनी र तोडफोडका ५५ घटना भएका छन् । प्रहरी प्रधान कार्यालयले काठमाडौं, कास्की, चितवन, प्युठान, बाग्लुङ, सिन्धुपाल्चोक, सिन्धुली र सोलखुम्बुका विभिन्न सार्वजनिक स्थानमा ९ थान नक्कली बम फेला परेको जनाएको छ । 

प्रहरीका अनुसार देशका विभिन्न २३ स्थानमा फेला परेको शंकास्पद २३ वस्तुहरु फेला परेका थिए । त्यस्तै ३ स्थानमा सिलिन्डर बम, २ स्थानमा सकेट बम, ४ स्थानमा सुतली बम, ५ स्थानमा प्रेसर कुकर बम, ५ स्थानमा आगजनी, १ स्थानमा तोडफोड, १ स्थानमा टाइम बम, १ स्थानमा आरसीआइडी बम र १ स्थानमा पेट्रोल बम निस्क्रिय पारेको छ ।

प्रकाशित : असार १०, २०७६ १८:२५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT