१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

शान्ति प्रक्रियालाई गलत बुझेँ भन्ने विप्लवलाई लाग्दै छ : दाहाल

रमेशकुमार पौडेल

चितवन — सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रियाबारे गलत बुझाइका कारण नेत्रविक्रम चन्द विप्लवले हिंसाको बाटो अपनाएको बताएका छन् । मंगलबार भरतपुर महानगरको चौथो नगरसभा उद्घाटन गर्दै दाहालले 
शान्ति प्रक्रियामा आउनु भनेको कार्यकर्तालाई झुक्याउनु हो भन्ने सोच चन्दमा रहेको  बताए ।

शान्ति प्रक्रियालाई गलत बुझेँ भन्ने विप्लवलाई लाग्दै छ : दाहाल

पछिल्लो समयमा शान्ति प्रक्रिया ठीक थियो भन्ने कुरा चन्दले बुझ्न थालेको भन्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले ढिलो चाँडो मूलधारमा फर्कने दाबी गरे ।


शान्ति प्रक्रियाबारे चन्दको बुझाई दाहालले सुनाए, ‘उहाँले शान्ति प्रक्रिया र चुनावपछि के भन्नु भयो भन्दा हामीलाई काठमाडौं त लिएर आउनु भयो तर मलाई (चन्दलाई) अनुभुति के भयो भने नुवाकोटको एउटा भर्खरको तामाङनी केटीलाई काठमाडौं लगेर म बिहे गर्छु भनेर बम्बै पुर्‍याएजस्तो फिल भयो । चन्दले यही भने ।’ तर, बम्बै लगेको हैन, काठमाडौं नै ल्याएको छु भनेर चन्दले बुझ्न थालेको दाहालको दाबी थियो ।


उनले थपे ‘हेर्दै जानु होला प्रचण्डले बम्बै लगेको रहेनछ हामी सबैलाई काठमाडौं र नेपालमा नै विवाह गराउन पहल गरेको रहेछ भन्ने जुन दिन बुझ्नु हुन्छ उहाँ तुरुन्तै आउनु हुन्छ ।’


प्रकाशित : असार १०, २०७६ १६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?