२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

चन्द समूहका ४ कार्यकर्ता पक्राउ

हरि गौतम

रुकुम पश्चिम — प्रहरीले नेत्रविक्रम चन्द समूहका ४ जना नेता कार्यर्तालाई पक्राउ गरेको छ । त्रिवेणि गाउँपालिका-१, सिन्तुबाङबाट नेकपाका राप्ती ब्युरो सदस्य सहित ४ जना जिल्लास्तरीय नेता समातिएका हुन् । 

मंगलबार बिहान सिन्तुबाङबाट नेकपाका राप्ती ब्युरो सदस्य आठबीसकोट नगरपालिका-११, गोइरी घर भएका ४१ वर्षीय गम्भीर सिर्पाली भनिने गोर्ख कामी, जिल्ला कमिटी सदस्य सानीभेरी गाउँपालिका-३, का ३१ वर्षीय दीर्घराज गहतराज, त्रिवेणी गाउँपालिका सेक्रेटरी सोही गाउँपालिका-१ निवासी छविलाल घर्ती र युवा संघका जिल्ला उपाध्यक्ष आठबीसकोट नगरपालिका-११, का २२ वर्षीय विवेक बिक पक्राउ परेका हुन् ।


गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिइ गएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए ।


यसैबीच प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार अधियुक्तलाई पनि पक्राउ गरेको छ । मुसीकोट नगरपालिका-५, का प्रकाश नेपालीको हत्यामा संलग्न बाँफिकोट गाउँपालिका-६, मग्मा घर भै मुसीकोट नगरपालिका-४, चापा बस्ने बृहबहादुर बस्याल नेपालीलाई प्रहरीले पक्रेको हो । २०७५ माघ ६ गते घटना घटाइ लुकिछिपी रहेका बृषबहादुरलाई असार ८ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार १०, २०७६ १४:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?