कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

चन्द समूहका ७ जना पक्राउ, १२ स्थानमा बम निष्क्रिय पारियाे

काठमाडौँ — नेत्रविक्रम चन्द समूहले आव्हान गरेको बन्दका क्रममा मंगलबार विभिन्न जिल्लाबाट ७ जना पक्राउ परेका छन् । २० स्थानबाट शंकास्पद वस्तु फेला परेको छ । 

चन्द समूहका ७ जना पक्राउ, १२ स्थानमा बम निष्क्रिय पारियाे

काठमाडौं, कास्की, मकवानपुरबाट एक–एकजना र रुकुम पश्चिमबाट ४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । काठमाडौंको सुकेधाराबाट बा २ ज ३८१७ नम्बरको ट्याक्सीमा चन्द समूहको प्रचार सामग्रीसहित भागीराज राईलाई पक्राउ गरिएको छ । २० ठाउमा शंकास्पद वस्तु फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


३ ठाउँमा ग्यास सिलिण्डर बम, २ स्थानमा सकेट, ४ ठाउँमा प्रेसरकुकर बम निष्क्रिय पारिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआइजी विश्वराज पोखरेलले बताए ।


यसैगरी अर्घाखाँचीमा सुतली, कैलालीमा टाइम बम र झापामा आरसीआइडी बम निष्क्रिय पारिएको प्रवक्ता पोखरेलले बताए ।


बन्दका क्रममा चार जिल्लामा सामान्य तोडफोड समेत भएकाे प्रहरीले जनाएको छ ।

प्रकाशित : असार १०, २०७६ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?