१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बर्दियामा प्रेसरकुकर बम, उदयपुरमा शंकास्पद वस्तु फेला

बर्दिया र उदयपुर — नेत्रविक्रम चन्द समूहले म‌ंगलबार आव्हान गरेकाे बन्दका क्रममा गुलरिया नगरपालिका स्थित हुलाकी मार्गमा प्रेसर कुकर बम फेला परेको छ । वन कार्यालय नजिक मंगलबार बिहान बम राखिएको आशंका प्रहरीले गरेको छ ।

बर्दियामा प्रेसरकुकर बम, उदयपुरमा शंकास्पद वस्तु फेला

राजमार्गमा बाेराले छाेपेर प्रेसर कुकर राखिएकाे छ । बम राखिएपछि सुरक्षाकर्मीले यहाँबाट आउजाउ गर्न सर्वसाधरणलाई रोक लगाएको छ । बम निस्क्रिय पार्न सेनाको टोली घटनास्थल पुगेको छ ।


यसैगरी बारबर्दिया नगरपालिका कतरनियास्थित कालिका मन्दिर नजिक शंकास्पद वस्तु फेला परेको छ । उक्त स्थानमा पनि प्रहरी पुगेको छ ।


यसै बीच बन्दले बिहान देखि पूर्वपश्चिम र हुलाकी मार्गमा लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् । पसल, कलकारखाना, शिक्षण संस्था बन्द छन्। जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।

कटारीमा शंकास्पद वस्तु फेला

उदयपुर– उदयपुरको कटारी नगरपालिका–३ स्थित कटारी बजारमा आज बिहानै शंकास्पद वस्तु फेला परेको छ । सुतली बम जस्तो देखिने उक्त शंकास्पद वस्तुको अहिले प्रहरीले निगरानीमा राखेकाे छ ।

गाईघाटबाट डिष्पोज टोली आउने तयारी भइरहेको प्रहरीले जनाएको छ । बन्दका कारण कटारीका बजार पसल बन्द रहेका छन् । कटारीबाट छुट्ने यात्रुबाहक सवारीसाधनहरु समेत छुट्न सकेका छैनन् ।

यसैगरी सदमुकाम गाइघाटमा पनि बम भेटिएको छ । त्रियुगा नगरपालिका-१२ स्थित डिएम गेटमा रहेको एक गैरसरकारी संस्थाको कार्यालय नजिकै सुतली बम भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : असार १०, २०७६ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?