१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

१४ हिमालमा ९६७ आरोही

काठमाडौँ — यस वर्षको वसन्तकालीन सिजनमा सगरमाथासहित मुलुकका १४ हिमाल ९ सय ६७ जनाले आरोहण गरेका छन् । १ सय ५ महिला र ८ सय ६२ पुरुषले हिमाल आरोहण गरेका हुन् । 

१४ हिमालमा ९६७ आरोही

पर्यटन विभागका अनुसार यस सिजनमा ६ हजार मिटरमाथिका ३२ वटा हिमाल आरोहणका लागि १ सय १६ आरोहण दलका ८ सय ९५ जनाले अनुमति लिएका थिए । यीमध्ये १८ वटा हिमालमा भने आरोहण सफल भएन ।


यस सिजनमा सर्वाधिक ६ सय ४४ जनाले सगरमाथा आरोहण गरेका छन् । मकालुमा ७८, ल्होत्सेमा ७५, कञ्चनजंघामा ६६, अन्नपूर्ण ३१, हिमलुङ २६, आमादब्लम १२, पुमरी ९, सारिबुङ ९, ग्गाल्जेन पिक ६, धौलागिरि ५, गौगिरि २, चाम्लाङ २ र छोप्पाबाम्रेमा २ जनाले आरोहण गरे । यी सबै सलामी दस्तुर तिरेर आरोहण गर्ने सदस्य हुन् ।


आरोहण दलका सदस्यलाई सघाउने शेर्पा, सरदार र गाइडको संख्या विभागले सार्वजनिक गरिसकेको छैन । सगरमाथामा (कामदार) गाइड, सरदार र शेर्पाको भूमिकामा २ महिलासहित ६ सय ४२ जनाले आरोहणका लागि अनुमति पाएका थिए । तीमध्ये ३ सय ६४ जना कामदारले मात्रै आरोहण गरेका थिए ।


सरकारले ४ सय १४ हिमाल आरोहणका लागि खुला गरेको छ । यसपटक विभागले ३२ वटा हिमालका लागि सलामी दस्तुरबापत ४९ करोड ६४ लाख रुपैयाँ संकलन गरेको थियो ।

प्रकाशित : असार ९, २०७६ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?