कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

तरकारी बोकेको जिप दुर्घटना : पैदल यात्रुसहित ५ जनाको मृत्यु [अपडेट]

हरिहरसिंह राठौर

धादिङ — गल्छी-४ कार्कीडाँडाबाट तरकारी बोकेर गल्छी बजार आउँदै गरेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गल्छी-४ निवासी ३८ वर्षीय राजु रम्तेल, सेतु मिजार, वडा नम्बर ६ निवासी ३० वर्षीय कान्छी भुजेल र नानु तामाङ रहेका छन् ।यस्तै गल्छी- ४ निवासी २१ वर्षीया सबिता प्याकुरेल मृत्यु भएको छ ।

तरकारी बोकेको जिप दुर्घटना : पैदल यात्रुसहित ५ जनाको मृत्यु [अपडेट]

जिप दुर्घटना हुँदा पैदल यात्रुसहित ५ जनाको मृत्यु भएको छ । गल्छी ४ कार्कीडाँडाबाट तरकारी बोकेर गल्छी वैरेनी बजार आउँदै गरेको जिप दुर्घटनामा गल्छी ४ का ३८ वर्षीय राजु रम्तेल, सेतु मिजार, गल्छी–६ का ३० वर्षीय कान्छी भुजेल र २५ वर्षीय नानु तामाङको घटनास्थलमै मृत्यु भएको हो । त्यस्तै गल्छी ४ निवासी २१ वर्षीय सविता प्याकुरेलको उपचारका लागि काठमाडौं लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।


गल्छी ६ वाझगाउॅस्थित ग्रामीण कच्ची सडकमा वा १८ च ९४०८ नंबरको बोलेरो जिप दुर्घटनाका मृतकमध्ये दुई जना पैदल यात्रु हुन् । उनीहरु रक्सी बेच्न बजार जान जिप रोक्ने प्रयास गर्दा ठक्कर दिएर भीरबाट खसेको स्थानीयले बताएका छन् । दुर्घटनामा अन्य १० जना सवार घाइते भएका छन् ।


जिपमा तरकारी र किसानहरु सवार थिए । घुमाउरो साँघुरो घुम्तीबाट ५० मिटर खसेको जिप चालक सुजन रम्तेल फरार रहेको जिल्ला ट्राफिक ईन्चार्ज हेमराज घिमिरेले बताए । फरार चालकको खोजी भइरहेको छ। घाइतेहरु स्थानीय गजुरी अस्पताल, गल्छी स्वास्थ्यचौकी र सख्त ५ जना घाइतेलाई थप उपचारार्थ काठमाडौं पठाएको गल्छीस्थित प्रहरी चौकीका सव ईन्स्पेक्टर जनक बस्नेतले बताए ।

राजमार्गबाट दक्षिण धादिङ जाने सार्वजनिक यातायात नभएका कारण स्थानीयवासीहरु मालवाहक मिनी ट्रक, ट्याक्टर, तरकारी बोक्ने जिपमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

प्रकाशित : असार ६, २०७६ १४:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?