कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

१० दिन ढिलो गरी मनसुन भित्रियो

बेलुकी औपचारिक घोषणा गरिंदै

काठमाडौँ — नेपालमा १० दिन ढिलो गरी मनसुन प्रवेश गरेको छ । सामान्तया १० जुनमा मनसुन भित्रिने भए पनि १० दिन ढिलो गरी बिहीबार पूर्वी भागबाट मनसुन सुरु भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबारै बेलुकी महाशाखाले विशेष बुलेटिनमार्फत् मनसुन सुरु भएको औपचारिक जानकारी गराउँदैछ । 

१० दिन ढिलो गरी मनसुन भित्रियो

महाशाखाका मौसमविद् मीनकुमार अर्यालले पूर्वी भागमा मनसुन प्रवेशपछि वर्षा सुरु भएको बताए । ‘ताप्लेजुङ, झापा, ईलाम, तेह्रथुम हुँदै मोरङसम्मै मनसुनी गतिविधिस्वरुप वर्षा भएको छ’ अर्यालले कान्तिपुरसित भने, ‘मध्य भागसम्मै मनसुनी गतिविधि देखिएको छ ।’


वर्षभरीका अन्य समयमा पश्चिम वायु प्रभावकारी हुने भए पनि मनसुनका बखत् भने पूर्वी वायु सक्रिय हुन्छ । पूर्वी क्षेत्रबाटै मनसुन प्रवेश हुन्छ । महाशाखाले दिउँसो वरिष्ठ मौसमविद र मनसुनी गतिविधिबारे विस्तृत विश्लेषण गरी औपचारिक रुपमा मनसुन सुरु भएको घोषणा गर्ने तयारी गरेको छ ।


‘अहिलेको मनसुनी गतिविधिको ‘स्ट्रेन्थ’ कति हो । वायुमण्डलमा हुनुपर्ने सबै गतिविधि भएको छ/छैन सबै अध्ययन गरिरहेका छौं,’ उनले थपे, ‘सतहको दुई किमि माथिसम्म दक्षिण पूर्वी वायु भए/नभएको, न्युनचापीय रेखा (मनसु ट्रफ लाइन) र बंगालको खाडीमा सर्कुलेसन कति देखा पर्‍यो सबै विश्लेषण गर्छौं ।’


दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चको डेढ महिना अघि काठमाडौंमा भएको सम्मेलनले यो वर्ष नेपालमा पूर्वी भागमा औसत भन्दा कम वर्षा हुने आँकलन गरेको छ । मध्ये र पश्चिम भागमा भने औशत वर्षा हुने अनुमान गरिएको छ ।

प्रकाशित : असार ५, २०७६ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?