१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

हुम्ला जिप दुर्घटना : बेपत्ताको खोजी जारी

हुम्ला — हुम्लाको खार्पुनाथ गाउँपालिका-५ बेडुबिसौनास्थित कर्णाली नदीमा बेपत्ता भएको लु १ ज ७१६६ नम्बरको जिपको खोजी कार्य चलिरहेको छ । मंगलबार मध्याह्न साढे १२ बजे भएको दुर्घटनाको जानकारी पाएलगत्तै अपराह्न १ बजेदेखि खोजी कार्य जारी सुरु भएको थियो ।

हुम्ला जिप दुर्घटना : बेपत्ताको खोजी जारी

तर, जिप र सवार यात्रुको कुनै पत्तो नलागेपछि जिल्ला प्रशासन कार्यालय हुम्लाको पहलमा चितवनको कुरिनटारबाट गोताखोर लागिएको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए ।


जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको उद्धार कार्यले परिणाम निकाल्न नसकिएको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । बुधबार बिहानैदेखि दुर्घटनास्थलमा उद्धार टोली खटिएको छ । सिकारुले जिप चलाएका कारण याङचुमा जिप दुर्घटना भएको प्रारम्भिक अनुमान छ ।


खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाहीसहित करिब १६ जना सवार गाडीलाई सिकारुले चलाएका कारण गाडी कर्णाली नदीमा खसेको प्रत्यक्षदर्शी स्थानीय तुल्या कामीले दाबी गरे ।


प्रकाशित : असार ४, २०७६ १८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?