जनआन्दोलनको झल्को दिने गुठी खबरदारी सभा

गुठी सम्बन्धी विधेयक फिर्ता लिएपनि काठमाडौंको माइतीघरमा विशाल खबरदारी सभा
कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले मंगलबार गुठी सम्बन्धी विधेयक फिर्ता लिएपनि काठमाडौंको माइतीघरमा विशाल खबरदारी सभा आयोजना भइरहेको छ । माइतीघरको खबरदारी सभामा भाग लिनका लागि काठमाडौं उपत्यकाका लगभग सबै स्थानबाट गुठी सरोकारवाला तथा गुठीयारहरु माइतीघरमा भेला भएका छन् । त्यहाँको केही तस्बिरहरु...

प्रकाशित : असार ४, २०७६ ११:५६

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सरकारले गुठी विधेयक फिर्ता लिए पनि काठमाडौंको माइतीघरमा विशाल खबरदारी सभा

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले मंगलबार गुठी सम्बन्धी विधेयक फिर्ता लिएपनि काठमाडौंको माइतीघरमा विशाल खबरदारी सभा आयोजना भइरहेको छ । माइतीघरको खबरदारी सभामा भाग लिनका लागि काठमाडौं उपत्यकाका लगभग सबै स्थानबाट गुठी सरोकारवाला, गुठीयारसहित सर्वसाधारणहरु माइतीघरमा भेला भएका छन् ।

बिहान ११ बजे माइतीघर मण्डलामा हुने भनिएको सभामा भाग लिनका लागि स्वत: स्फूर्त रुपमा काठमाडौं उपत्यकाका नेवार समुदाय सडकमा ओहिरिएका छन्।

नेपालको राष्ट्रिय झण्डा हातमा बोकेर नेवारी धुनको लयमा नाराबाजी गर्दै उनीहरु मण्डलामा जम्मा भएका हुन्। उनीहरुले गुठी विधेयक फिर्ता लिएर मात्रै नहुने खारेज नै हुनुपर्ने माग अघि सारेका छन्।



प्रकाशित : असार ४, २०७६ ११:४४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT