१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

ममताको ९ गोल

काठमाडौँ — उपमेयर कप अन्तर नगरपालिका महिला फुटबलको समूह ‘सी’ मा बाह्रबिसे नगरपालिकाले लगातार दोस्रो जित हासिल गरेको छ । हल्चोकस्थित एपीएफ मैदानमा मंगलबार सिन्धुपाल्चोकको बाह्रबिसेले रौतहटको चन्द्रपुर नगरपालिकाविरुद्ध १–० गोलको संघर्षपूर्ण जित निकालेको हो । 

ममताको ९ गोल

बाह्रबिसेको जितमा दोस्रो हाफको तेस्रो मिनेटमा अनु राईले निर्णायक गोल गरिन् । पहिलो हाफ कडा प्रतिस्पर्धा भए पनि गोल हुन सकेको थिएन । पछि परेको स्थितिमा चन्द्रपुरको पुनरागमन प्रयास सफल भएन । यसअघि सोमबार बाह्रबिसेले दोलखाको भीमेश्वर नगरपालिकालाई हराएको थियो । चन्द्रपुरले भने सोमबार काठमाडौं महानगरपालिकालाई ३–० ले हराएको हो ।


अर्को खेलमा समूह ‘ए’ को घोराही–तुलसीपुर नगरपालिका टोलीले सप्तरीको शम्भुनाथ नगरपालिकालाई १०–० को फराकिलो गोल अन्तरले पराजित गरेको छ । घोराहीको जितमा ममता पुन मगरले तेहरो ह्याट्रिक पूरा गरिन् । अर्को एक गोल टीका केसीले गरेकी थिइन् ।


ममताले दोस्रो मिनेटमा पहिलो गोल गरेकी थिइन् । पाँचौं र २४ औं मिनेटमा गोल गरी ह्याट्रिक गरेकी ममताले ३५ मिनेटमा अर्को गोल गरी पहिलो हाफमा घोराहीलाई ४–० को अग्रता दिलाइन् ।


दोस्रो हाफमा उनले ५ गोल थपिन् । ४४ र ६१ औं मिनेटमा गोल गरी दोहोरो ह्याट्रिक पूरा गरेकी उनले ७३, ७७ औं र खेलको इन्ज्युरी समयमा गोल थप्दै तेहरो ह्याट्रिक गरेकी हुन् । टीकाले ६९ औं मिनेटमा एक गोल गरिन् ।


प्रकाशित : असार ४, २०७६ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?