३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

गुठी विधेयक फिर्ता भएपनि आज माइतीघर मण्डलामा खबरदारी सभा हुने

काठमाडौँ — सम्पदाप्रेमीले गुठीसम्बन्धी विधेयक फिर्ता हुनुलाई आंशिक सफलता भनेका छन् । उनीहरूले गुठी परम्परा र सम्पदामा सरोकारवालाको स्वामित्व, अधिकार र सहभागिताका लागि निरन्तर खबरदारी जरुरी रहेको बताएका छन् । 

गुठी विधेयक फिर्ता भएपनि आज माइतीघर मण्डलामा खबरदारी सभा हुने

गुठी विधेयक प्रतिरोध संयुक्त कार्यक्रमका संयोजक महेशमान श्रेष्ठले मंगलबार विज्ञप्ति जारी गर्दै बुधबार माइतीघर मण्डलमा हुने भनिएको जनप्रदर्शन खबरदारी सभाका रूपमा रहने जनाएका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार पत्रकार सम्मेलनमा गुठी आन्दोलनका विषयमा प्रयोग गरेको भाषा भने मर्यादित नभएको पनि विज्ञप्तिमा उल्लेख गरेका छन् ।

गुठी विधेयकको विरोधमा आन्दोलन चर्किएपछि सरकारले विधेयक फिर्ता लिएको छ । सरोकारवालाले राजधानीमा मंगलबार विशाल प्रदर्शन गर्ने तयारी गरिरहेका बेला सरकार पछि हटेको हो । विधेयक प्रस्तुत गर्ने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी विधेयक फिर्ता लिएको घोषणा गरेकी हुन् ।


प्रकाशित : असार ४, २०७६ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?