कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

अनुशासन समितिको निर्णयप्रति आपत्ति

काठमाडौँ — कांग्रेसको केन्द्रीय अनुशासन समितिले क्षेत्रधिकार बाहिर गएर निर्णय लिएको भन्दै समितिका सदस्य उमाकान्त चौधरीले आपत्ति जनाएका छन । 

समितिको मंगलबार बसेको बैठकले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा आधिकारिक उम्मेदवारविरुद्ध बागी बनेका उम्मेदवार, तीनका प्रस्तावक र समर्थकलाई कारवाही गरी पार्टीको अभिलेखबाट हटाउन जिल्लाहरुलाई निर्देशन दिने निर्णय लिएको थियो ।


पार्टी विधानको धारा ३४ को उपधारा ४ (क) अनुसार त्यस्ता व्यक्तिहरु स्वतः निलम्बनमा पर्ने उल्लेख छ । स्वतः निलम्बनमा परेपनि पार्टीमै रहिरहेकाले अभिलेखबाट उनीहरुको नाम हटाउन निर्देशन दिनुपरेको समितिका सदस्य धनराज गुरुङले बताए । ‘समितिले गरेको यो कुनै नयाँ कारवाहीको निर्णय होइन । विधानमा स्वतः भएको व्यवस्थालाई कार्यन्वयन गर्न निर्देशन मात्रै दिइएको हो,’ उनले भने ।


चौधरीले भने पार्टीद्धारा जारी कार्यदेश विपरित समितिले निर्णय गरेको बताएका छन् । पार्टीले समितिलाई सहमतिबाट मात्रै निर्णय लिन सक्ने कार्यदेश तोकेको छ । पाँच सदस्यीय समितिको मंगलबारको बैठकमा चौधरी र अर्का सदस्य किशोरसिंह राठोरको अनुपस्थित थियो । ‘विधानले स्वतः निलम्बनमा हुने कारवाहीको प्रावधानप्रति मेरो असहमति होइन तर, मेरो अनुपस्थिति भएको बेला समितिले लिएको निर्णय प्रक्रियाप्रति मेरो आपत्ति हो,’ चौधरीले भने,‘यसले गलत नजिर बसेको छ । निर्णय प्रक्रियाप्रति मेरो सहमति छैन ।’

प्रकाशित : असार ३, २०७६ २१:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?