कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

गुठी विधेयक फिर्ता भएको सञ्चारमाध्यमबाट थाहा पाएँ : प्रधानमन्त्री 

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले गुठी विधेयक फिर्ता लिएको सूचना सञ्चारमाध्यमबाट थाहा पाएको बताएका छन् । सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गुठी विधेयक फिर्ता लिएकोबारे सञ्चारमाध्यमबाट जानकारी पाएको बताए । 

गुठी विधेयक फिर्ता भएको सञ्चारमाध्यमबाट थाहा पाएँ : प्रधानमन्त्री 

‘माननीय मन्त्रीले केही सरोकारवालाहरुसँग परामर्श गर्न, विज्ञहरुको रायसुझाव लिनुपर्ने देखिएको र विधेयकबारे भ्रमपूर्ण वातावरण सिर्जना गरिएको भन्दै केही समयअघि विधेयक फिर्ता लिनुभएको कुरा मैले सञ्चारमाध्यमबाट थाहा पाएँ’ प्रधानमन्त्रीले भने, 'मन्त्री अर्यालको निर्णय ‘वाईज’ छ, म दृढ समर्थन गर्छु ।'

गुठी विधेयकको विरोधमा सडक आन्दोलन चर्किएको र सत्तारुद दल नेकपाभित्र नै फिर्ता लिनु पर्ने दबाब बढेपछि सरकार पछि हटेको हो ।


राष्ट्रियसभाको प्रक्रियामा थियो गुठी विधेयक:

भूमि व्यवस्था, सहकारी तथा गरिबीच निवारण मन्त्रालयले गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक २०७५ बैशाख १७ गते राष्ट्रियसभमा दर्ता गराएको थियो ।


त्यसको दुईदिनपछि उक्त विधेयक सबै सांसदहरुलाई अध्ययनका लागि वितरण गरिएको थियो । जेठ ६ गते सभाको बैठकमा प्रस्तुत उक्त विधेयकमाथि जेठ १३ मा सामान्य छलफल गरिएको थियो । त्यसपछि सांसदहरुलाई विधेयकमाथि संशोधन हाल्न ७२ घण्टाको समय दिइएको थियो । राष्ट्रियसभामा सत्ता र प्रतिपक्षका सांसदहरुको १ सय ८ वटा संशोधन उक्त विधेयकमाथि परेको छ । सभाले उक्त विधेयकलाई विधायन समितिमा दफावार छलफलका लागि पठाउन बाँकी नै थियो । त्यस पूर्व नै विधेयक पेस गरेका मन्त्री पद्मा कुमारी अर्यालले विधेयक फिर्ता लिने घोषणा गरेकी छन् । तर, फिर्ताको संसदीय प्रक्रिया अझै बाँकी छ ।


संसदको नियमावलीमा विधेयक प्रस्तुतकर्ताले विधेयक फिर्ता लिनसक्ने प्रावधान छ । राष्ट्रियसभामा रहेको उक्त विधेयकको फिर्ता प्रक्रियापनि त्यहीँ हुने हो । राष्ट्रियसभाको आगामी बैठक असार १० गते बोलाइएको छ । अध्यक्षको अनुमतिले विधेयक फिर्ताको प्रस्ताव मन्त्रीले बैठकमा प्रस्तुत गर्नुपर्ने हुन्छ ।

प्रकाशित : असार ३, २०७६ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?