२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

संसदमा सम्बोधन गर्न नपाएपछि प्रधानमन्त्रीले पत्रकार सम्मेलन गर्ने 

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण संसदमा सम्बोधन गर्न नपाएपछि बेलुका सिंहदरबारमा पत्रकार सम्मेलन गर्ने भएका छन् ।

संसदमा सम्बोधन गर्न नपाएपछि प्रधानमन्त्रीले पत्रकार सम्मेलन गर्ने 

उनले बेलुकाको पत्रकार सम्मेलनमा आफ्नो युरोप भ्रमण र गुठी विधेयकलगायत समसामयिक विषयमा आफ्नो धारणा राख्ने बताइएको छ ।


प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्न नपाएकोमा दु:ख व्यक्त गरेका छन् । उनले ट्वीट गर्दै भने, 'समसायिक विषयहरूमा रहेको जनचासोका सन्दर्भमा सम्मानित सदनलाई आज जानकारी गराउन पाइन । यस घटनाबाट म दुःखी भएको छु ।'



प्रतिनिसभाको आजको बैठक शुरु हुनासाथ सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीलाई सम्बोधनका लागि समय दिएपछि प्रतिपक्षी कांग्रेसका सांसदले रोष्टम घेराउ गरेपछि बैठक स्थगन भएको थियो ।


प्रकाशित : असार ३, २०७६ १४:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?