२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

गुठी विधेयकबारे निर्णय लिन प्रधानमन्त्रीसहित नेकपाका नेताहरु आन्तरिक छलफलमा 

काठमाडौँ — गुठी विधेयकका कारण आन्दोलन चर्किने देखेपछि नेकपा नेताहरुले फिर्ता गर्ने वा स्थगन भन्नेमा आन्तरिक छलफल तिव्र बनाएका छन् । प्रधानमन्त्री केपी ओलीले सोमबार बिहान भूमिसुधार मन्त्री पद्मा अर्यालसँग विधेयककाबारेमा सोधपुछ गरेका छन् । 

गुठी विधेयकबारे निर्णय लिन प्रधानमन्त्रीसहित नेकपाका नेताहरु आन्तरिक छलफलमा 

उनले अपरान्ह नेकपाकै काठमाडौंबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुको भेला बोलाएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार सबै पक्षसँगको छलफलबाट प्रधानमन्त्रीले बुझ्ने कोशिस गरिरहेका छन् ।


प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालले आफ्नो ट्वीटरमा हालेको छलफलको तस्बिर ।

नेकपाकै वरिष्ठ नेता माधवकुमार नेपालले सोमबार काठमाडौंका नेताहरुसँग संसदभित्र छलफल गरेका छन् । त्यहाँ अधिकांस नेताहरुले फिर्ता लिनुपर्ने सुझाव दिएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जनाएका छन् ।


नेकपाभित्र विधेयकको विषयमा सांसदहरुको एकमत छैन । पश्चिम क्षेत्रका सांसदहरुले विधेयक ठिक रहेको प्रतिक्रिया दिइरहेका छन् । त्यसैले विधेयकका राम्रा र नराम्रा पक्षको समिक्षापछि फिर्ता लिने कि स्थगन गर्ने भन्ने निर्णय हुनेछ ।


प्रधानमन्त्री निवासमा नेकपाका उपत्यकाका संघीय सांसद, प्रदेश सांसद, मेयर तथा स्थानीय जनप्रतिनिधिबीच छलफल भइरहेको छ । सो छलफलमा रक्षामन्त्री इश्वर पोखरेल, नेताहरु माधव नेपाल, सुवास नेम्वाङ, विष्णु पौडेल लगायतको सहभागिता रहेको छ ।


प्रकाशित : असार २, २०७६ १५:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?