१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

चौतर्फी दबाबपछि सार्वजनिक यातायातको भाडा बढाउने निर्णय फिर्ता 

काठमाडौँ — यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा भाडा वृद्धिको निर्णय फिर्ता लिएको छ । चौतर्फी दबाबपछि सार्वजनिक यातायातमा बढाएको भाडा तत्काल कार्यान्वयन नगर्ने निष्कर्षमा विभाग पुगेको हो । विभागका प्रवक्ता तीर्थ खनालले सार्वजनिक यातायातको भाडा वृद्धिको निर्णय तत्काल कार्यान्वयन नगर्ने निर्णय भएको कान्तिपुरलाई जानकारी दिए।

चौतर्फी दबाबपछि सार्वजनिक यातायातको भाडा बढाउने निर्णय फिर्ता 

आजै दिउँसो असार १ देखि लागू हुनेगरी यातायात भाडा २० प्रतिशतसम्म बढाउने निर्णय गरिएको थियो ।


स्रोतका अनुसार कार्यवहाक प्रधानमन्त्री ईश्वर पोखरेल र सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालको निर्देशनमा भाडा बढाउने निर्णयबाट विभाग पछि हटेको हो ।

महानिर्देशक कुमार दाहालले पनि चौतर्फी दबाब आएपछि भाडा वृद्धिको निर्णय फिर्ता लिएको स्वीकार गरे । उनले भने, 'सामाजिक सञ्जालदेखि चौतर्फी दबाब आयो, थप अध्ययन, अनुसन्धान गर्ने भएकोले निर्णय फिर्ता लिएका छौं ।' उनले यातायात व्यवसायी र सरोकारवालासँग छलफलपछि भाडा बढाउने निर्णय गरेको पनि जिकिर गरे ।


विभागको प्रेस विज्ञप्ति

यो पनि

सार्वजनिक यातायातको भाडा २० प्रतिशतसम्म बढ्यो, ट्याक्सीको भाडा प्रणाली परिवर्तन


प्रकाशित : जेष्ठ ३०, २०७६ २१:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?