२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सार्वजनिक यातायातको भाडा २० प्रतिशतसम्म बढ्यो, ट्याक्सीको भाडा प्रणाली परिवर्तन  

राजु चाैधरी

काठमाडौँ — यातायात व्यवस्था विभागले असार १ गतेदेखि लागू हुने गरी सार्वजनिक यातायातको भाडा २० प्रतिशतसम्म बढाएको छ । काठमाडौं उपत्यकाभित्र चल्ने सवारी साधनको भाडा १२ प्रतिशत, उपत्यकाबाट लामो दूरी तथा मालबाहकमा २० प्रतिशत भाडा वृद्धि गरिएको हो । स्थानीय रुटमा चल्ने बसमा न्यूनतम १४ रुपैयाँ रहेकोमा अब यात्रुले १६ रुपैयाँ तिर्नु पर्ने छ ।   

सार्वजनिक यातायातको भाडा २० प्रतिशतसम्म बढ्यो, ट्याक्सीको भाडा प्रणाली परिवर्तन  

यस्तै विभागले ट्याक्सीको भाडा प्रणाली नै परिवर्तन गरेको छ । यात्रुले एक किलोमिटरसम्म यात्रा गर्दा तिर्दै आएको न्यूनतम भाडा दरमा सामान्य सस्तो पर्ने महानिर्देशक कुमार दाहालले जानकारी दिए । उनका अनुसार यसअघि चढ्नेबित्तिकै ट्याक्सीको मिटरमा १४ रुपैयाँ उठ्थ्यो । जस अनुसार एक किलोमिटरको भाडा ५३ रुपैयाँ पर्थ्यो । नयाँ प्रणालीअनुसार एक किलोमिटरसम्मको ५० रुपैयाँ भाडा निर्धारण गरिएको छ ।


एक किलोमिटरभन्दा लामो यात्रा गर्दा यसअघिको तोकिएको पल्समा २५ पैसा वृद्धि गरिएको महानिर्देशक दाहालले बताए । उनले २०६९ सालमा वैज्ञानिक भाडादर लागू भएपछि मूल्य समायोजन गरिएको बताए । तर, गत वर्षको दसैं अगाडि यातायात व्यवसायीको दबाबमा सरकारले १० प्रतिशत भाडा बढाएको थियो ।





प्रकाशित : जेष्ठ ३०, २०७६ १७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?