क्यानडाली बाल यौन दुराचारी दोषी ठहर

काठमाडौँ — बाल यौन दुराचार आरोपमा २०७४ चैत २४ मा काभ्रेको मण्डन देउपुर–६ बाट पक्राउ परेका क्यानडाली नागरिक पिटर डग्लसलाई जिल्ला अदालतले दोषी ठहर गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले झन्डै १५ दिन लामो निगरानीपछि डग्लसको घरमा छापा मारेर १२ र १४ वर्षका बालकको उद्धार गरेको छ । 

स्ट्रिट किड्स इन्टरनेसनल नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्था स्थापना गरेर विश्वव्यापी रूपमा काम गरिरहेका पिटर सन् २००२ मा संयुक्त राष्ट्रसंघको चाइल्ड लेबर कार्यक्रमअन्तर्गत नेपालमा चिफ टेक्निकल एडभाइजरका रूपमा खटिएका थिए । त्यसयता डग्लसका निम्ति नेपाल नियमित गन्तव्य बनेको थियो । अनुसन्धानमा संलग्न ब्युरोका एक अधिकारीका अनुसार उनी बाल यौन दुराचारकै निम्ति बारम्बार नेपाल आउने गरेको देखिन्छ । पिटरले मण्डन देउपुरमा आफ्नै लगानीमा घरसमेत बनाएका थिए । उनले नेपालका विभिन्न बालबालिकासम्बन्धी काम गर्ने संस्थासँग औपचारिक–अनौपचारिक सम्बन्धसमेत बनाएका थिए ।


यूएन ह्याबिट्याटका निम्ति अफगानिस्तान प्रतिनिधिका रूपमा समेत काम गरेका पिटरले आफ्नै घरमा काम गर्न बस्नेका छोरा र उनका आफन्तका छोरामाथि यौन शोषण गरेको आरोपमा ब्युरोले मुद्दा अगाडि बढाएको थियो । काभ्रे जिल्ला अदालतका स्रेस्तेदार ठाकुर त्रितालका अनुसार न्यायाधीश अर्जुन अधिकारीको एकल इजलासले पिटरलाई दोषी ठहर गरेको हो । उनका अनुसार अदालतले असार २३ गते सजाय सुनाउनेछ ।


प्रकाशित : जेष्ठ २९, २०७६ २०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?