प्रधानमन्त्री ओली रेल चढेर पेरिसतिर

रासस

काठमाडौँ — युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली बेलायतका विभिन्न कार्यक्रममा सहभागी भएर बुधबार मित्र राष्ट्र फ्रान्सको औपचारिक भ्रमणमा निस्केका छन् । प्रधानमन्त्री ओली फ्रान्सका प्रधानमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा बुधबार दिउँसो लन्डनबाट रेल चढेर फ्रान्सको राजधानी पेरिसतर्फ लागेका छन् ।

तस्बिर सौजन्य : प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार प्रधानमन्त्री ओली, पत्नी राधिका शाक्य लगायतको टोली केहीबेर अघि पेरिस हिँडेको हो ।

सोमबार लन्डन पुगेका प्रधानमन्त्री ओलीले समकक्षी टेरेजा मेसँग भेटवार्ता, नेपाली समुदायको भेट तथा अन्तर्क्रिया गरेका थिए ।

यो पनि
........
संयुक्त अधिराज्यको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली बेलायतका विभिन्न कार्यक्रममा सहभागी भएर बुधबार मित्र राष्ट्र फ्रान्सको औपचारिक भ्रमणमा जाँदैछन् । प्रधानमन्त्री ओली फ्रान्सका प्रधानमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा बुधबार दिउँसो लन्डनबाट रेल चढेर फ्रान्सको राजधानी पेरिस पुग्ने कार्यक्रम रहेको बताइएको छ ।

यसैबीच प्रधानमन्त्री ओलीसँग संयुक्त अधिराज्यका एशिया प्रशान्त मामिला हेर्ने राज्यमन्त्री मार्ट फिल्डले लन्डनस्थित नेपाली दूतावासमा बुधबार नै शिष्टाचार भेटवार्ता गर्नेछन्। यसैगरी प्रधानमन्त्री ओलीसँग बेलायतको इन्टरनेशनल मेरिटाइम अर्गनाइजेशनका महासचिव, विश्व ऊर्जा परिषद्का वरिष्ठ अधिकारी, एडिनबर्ग रोयल बोटानिकल गार्डेन र वनस्पति विभागका प्रमुखले बुधबार नै शिष्टाचार भेट गर्दै छन्। प्रधानमन्त्री ओली बुधबार नै आफ्नो स्वागतमा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले दूतावासमा आयोजना गर्ने समारोहमा पनि सहभागी हुने कार्यक्रम छ।

प्रकाशित : जेष्ठ २९, २०७६ १५:५५
प्रतिक्रिया
पठाउनुहोस्

गुठी विधेयकको समस्या समाधान न्यायपूर्ण तरिकाले गर्न सरकारसँग माग

कान्तिपुर संवाददाता

काठमाडौँ — नेत्रविक्रम चन्द समूहले गुठी विधेयकको समस्या समाधान न्यायपूर्ण तरिकाले गर्न सरकारसँग माग गरेको छ । प्रवक्ता खड्गबहादुर विश्वकर्माले बुधबार विज्ञप्ति निकालेर गुठी विधेयकका प्रावधानविरुद्ध प्रदर्शनमा उत्रिएकाप्रति सरकारले दमन गरेकोमा विरोध जनाउँदै आन्दोलनमा घाइते भएकाहरुको उचित उपचारको व्यवस्थापन गर्न र न्यायपूर्ण समाधानको लागि माग गरेका हुन् ।

'गुठी व्यवस्थित गर्ने नाममा सरोकारवाला पक्षसँग छलफलै नगरी नागरिकको सांस्कृतिक भावनाको कदर र सम्पूर्ण सुरक्षाको योजना नबनाइ किन विधेयक निर्माण गरिँदैछ', विज्ञप्तिमा लेखिएको छ, 'तसर्थ यसको विरुद्ध उठेका जनताको शान्तिपूर्ण र वैधानिक संघर्षमा जुन बर्बर दमन भयो हाम्रो पार्टी त्यस खाले दमनको घोर निन्दा गर्दछ।'

वर्तमान सरकार जनअधिकार कुल्चिँदै फाँसीवादको अभ्यास गरिरहेको आरोप लगाउँदै सदनमा प्रस्तुत गरिएको गुठी विधेयक पनि त्यसको एक उदाहरण भएको चन्द समूहको ठहर छ।

प्रकाशित : जेष्ठ २९, २०७६ १५:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्