पोखराको उत्तम चोकमा प्रहरीले लागुऔषध कारोबारीलाई समात्न गोली चलायो, एक घाइते, एक फरार

दीपक परियार

पोखरा — पोखराको उत्तम चोकमा सादा पोसाकमा खटिएको लागु औषध नियन्त्रण ब्यूरोको प्रहरी टोलीले लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिनका लागि गोली प्रहार गरेको छ ।

पोखराको उत्तम चोकमा प्रहरीले लागुऔषध कारोबारीलाई समात्न गोली चलायो, एक घाइते, एक फरार

उत्तम चोकमा रहेको एक क्याफेमा लगभग १२:३० बजे ग१३प ८२२८ नम्बरको मोटरसाइलमा पुगेका कारोबारीलाई प्रहरी टोलीले नियन्त्रणमा लिन खोज्दा उनीहरुले प्रतिकार गरेपछि गोली चलाउनु परेको बताइएको छ । प्रहरीको गोली लागि पोखरा-१० का गोविन्द थापा घाइते भएका छन् । उनको खुट्टामा गोली लागेको छ । उनलाई हाल उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, रामघाट लगिएको छ ।


थापासँगै रहेका अर्को एकजना भने भाग्न सफल भएका छन् । प्रहरीले उनको खोजी भइरहेको बताएको छ । सो घटनामा एकजना प्रहरी पनि घाइते भएका छन् ।

प्रकाशित : जेष्ठ २९, २०७६ १३:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?