'जागिरमुखी होइन, उत्पादनमुखी शिक्षा'

खोटाङ — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षामा परिवर्तन नभएको बताएका छन् । जिल्लास्थित महुरेगढी बहुप्राविधिक शिक्षालय उद्घाटनका क्रममा मंगलबार उनले आफ्नो कार्यकालमा शिक्षामा आमूल परिवर्तन गर्नेतर्फ लागिपरेको धारणा राखे । 'मुलुकमा राजनीतिक परिवर्तन भए पनि शिक्षामा परिवर्तन भएको छैन,' उनले भने, 'त्यसैले शिक्षामा आमूल परिवर्तन हाम्रो लक्ष्य हो ।'

'जागिरमुखी होइन, उत्पादनमुखी शिक्षा'

शिक्षा क्षेत्र प्रमाणपत्रधारी नभई जीवनोपयोगी हुनुपर्ने उनको भनाइ छ । यसका लागि विशेषगरी शिक्षक नै लागिपर्नुपर्ने उनले बताए । 'जागिर खाने र अनुत्पादक क्षेत्रमा मात्र बस्ने शिक्षकले राजीनामा दिइहाल्नुस्,' मन्त्री पोखरेलले भने, 'अबको शिक्षा उत्पादनमुखी हुनुपर्छ ।'


प्राविधिक शिक्षाका माध्यमबाट हरेक नागरिकलाई जीवनोपयोगी शिक्षा दिने सरकारको नीति रहेकाले १२ कक्षा उत्तीर्ण विद्यार्थीले अनिवार्य जीवनोपयोगी शिक्षा हासिल गर्नुपर्नेमा शिक्षामन्त्री पोखरेलले जोड दिए । 'प्राविधिक शिक्षा दिनु भनेको रोजगारी दिनु पनि हो,' उनले भने, 'हरेक नागरिकले प्राविधिक विषयमा अध्ययन गर्न जरुरी छ ।'


प्रकाशित : जेष्ठ २८, २०७६ २१:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?