कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

छोरीमाथि करणी आरोपमा पक्राउ

काठमाडौँ — आफ्नै १८ वर्षीया छोरीमाथि करणी गरेको आरोपमा प्रहरी परिसर ललितपुरले एक जनालाई पक्राउ गरेको छ । छोरीको परिचय खुल्ने कारणले प्रहरीले उनको नाम पनि गोप्य राखेको छ । परिसर ललितपुरका प्रवक्ता डिएसपी नारायण चिमोरियाका अनुसार सोमबार छोरीले दिएको जाहेरीका आधारमा बाबु पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार पक्राउ परेका बाबुले आफू ५ वर्षअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सहसचिव रहेको र त्यतिबेला निलम्बित भएको बताएका छन् । तर, प्रहरीले उनको दाबीलाई पुष्टि गरिसकेको छैन ।


प्रवक्ता डिएसपी चिमोरियाका अनुसार मंगलबार मात्रै ५ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरबाट अनुमति लिइएको छ । प्रहरीले उनीमाथि जबर्जस्ती करणी उद्योगमा मुद्दा चलाउने प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

प्रकाशित : जेष्ठ २८, २०७६ १८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?