प्रधानमन्त्री ओलीले फ्रान्सका समकक्षी फिलिप एडुवार्डसँग भेटवार्ता गर्ने

ददि सापकोटा

पेरिस — युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका समकक्षी फ्रान्सका प्रधानमन्त्री फिलिप एडुवार्डबीच बिहिवार औपचारिक वार्ता हुने टुंगो लागेको छ । दुई समकक्षीबीच प्रधानमन्त्री कार्यालयमा बेलुका पाँच बजे वार्ता हुने भएको हो । वार्ता एक घण्टा चल्ने छ ।

फ्रान्सका प्रधानमन्त्री फिलिप एडुवार्ड । तस्बिर : रोयटर्स

वार्ताका क्रममा नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध भएको ७० औं वर्ष भएकाले दुई देशको कूटनीतिक सम्बन्धलाई अझै विस्तार गर्ने र आर्थिक तथा सांस्कृतिक सहकार्यका विषयमा छलफल हुने बताइएको छ। लामो समयपछि नेपालमा स्थिर सरकार रहेको, संविधान बनेको र अन्तर्राष्ट्रिय लगानीमा सरकार प्रतिवद्ध रहेकाले फ्रान्सेलीहरुलाई नेपालमा लगानीका लागि प्रधानमन्त्री ओलीले प्रस्ताव गर्ने छन्।

दुई समकक्षीबीचको वार्तापछि प्रधानमन्त्री ओली बिहिबार साँझ नै राष्ट्रिय सभामा मैत्री समूहको अध्यक्ष भेरोनिक रिओतों र राष्ट्रिय सभाले आयोजना गर्ने रात्रीभोजमा सहभागी हुने छन्। रात्रीभोजकै क्रममा नेपाल र फ्रान्सको संसदीय मैत्री संघका बीच के कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा छलफल हुने छ। ओलीले फ्रान्सेली संसदीय टोलीलाई नेपाल भ्रमणको निम्तो दिने छन्।

प्रधानमन्त्री केपी शर्मा ओली बुधबार दिउँसो बेलायतको लण्डनबाट सार्वजनिक रेल चढेर पेरिस आउने कार्यक्रम रहेको छ। विमानबाट आउँदा विमानस्थलमा लामो समय लाग्ने भएकाले छिटो यात्राकालागि रेलबाट आउन लागेको राजदूत दिपक अधिकारीले बताए।

पेरिस आए लगत्तै यहाँको उद्योग वाणिज्य महासंघ (मुभमँ देजँथरफ्रिज द फँस) का अधिकारीहरुसित संयुक्त लगानीका विषयमा छलफल हुँदै छ। नेपालमा लगानीकालागि उपयुक्त वातावरण बनेकाले फ्रान्सेली उध्योगी व्यवसायीहरुलाई लगानीकालागि आस्वस्त पार्ने जानकारी फ्रान्सकालागि नेपाली राजदूत दिपक अधिकारीले दिए।

लगानीका विषयमा अहिले नै सम्झौता हुने स्पष्ट नभएपनि हालको वार्ताबाट उपयुक्त विषयमा छलफल गरी भविष्यमा संयुक्त लगानीकालागि योजना बन्न सक्ने अधिकारीले कान्तिपुरलाई बताए।

बिहिबार उनले पेरिसस्थित नेपाली व्यवसायीहरुसित भेटघाट गरी नेपालमा लगानीकालागि आव्हान गर्नेछन्। प्रवासी नेपालीहरुलाई लगानीकालागि आव्हान गरेपनि लगानीको लागि सुरक्षित वातावरण नबनेको भन्दै त्यसमा प्रधानान्त्रीका तर्फबाट निस्चित गर्नुपर्ने माग राखिने नेपाली व्यवसायीहरुको नेतृत्व गरेका कमल अधिकारीले बताए।

व्यापारीहरुसितको भेटघाटपछि दिउँसो २ः४० बाट नेपाली र नेपाललाई माया गर्ने फ्रान्सेलीहरुका बीच प्रधानमन्त्रीको अन्तक्रिया कार्यक्रम राखिएको छ।

बुधबार प्रधानमन्त्री केपी शर्मा ओली फ्रान्सको हिमाली क्षेत्र सामोनीकालागि प्रस्थान गर्ने छन्। युरोपको सबैभन्दा अग्लो हिमाल मो ब्लाँ (४८१० मिटर) रहेको यो क्षेत्रमा नेपाल र नेपालीलाई माया गर्ने, नेपालमा अनुसन्धान र विभिन्न संस्थामार्फत सहयोग लैजाने फ्रान्सेलीहरु धेरै भएकाले प्रधनान्त्रीले त्यहाँका फ्रान्सेलीहरुसित भेटघाट गर्न चाहेको जानकारी पनि राजदूत अधिकारीले दिए।

प्रकाशित : जेष्ठ २८, २०७६ १४:५४
प्रतिक्रिया
पठाउनुहोस्

सडक विस्तारको क्रममा फाइबर अप्टिक भएको पाइप फुट्यो

पाइपलाइनबाट तेल आयात परिक्षण गर्ने जुन ३० को मिति अन्यौलमा
राजु चौधरी

काठमाडौँ — अमलेखगन्ज–रक्सौल–मोतीहारी तेल पाइपलाइन परियोजनाअन्तर्गत नेपालतर्फको वीरगन्ज पथलैया व्यापारिक मार्गमा परेको फाइबरको पाइपलाइन परवानीपुर नजिक सडक विस्तारको क्रममा फुटेको छ ।

विरगन्ज पथलैया व्यापारिक सुधार आयोजनाले सडक विस्तारको क्रममा लगाएको डोजरले फाइबरको पाइप फुटाइदिएको हो। उक्त पाइपमा रहेको अप्टिकल फाइलबरले भारतबाट नेपाल आउने तेलबारे विभिन्न प्रकारको तथ्यांक तथा सूचना दिने गर्छ।

नेपाल आयल निगमका जीएम सुरेन्द्र पौडेलका अनुसार सो पाइप लाइन फुटेसँगै जुन ३० मा गरिने भनिएको परिक्षणको मिति परसर्ने भएको छ। उनको अनुसार विगतमा पनि सडक विस्तारको क्रममा सो पाइपलाइन यसरी नै फुटेको थियो। 'घरीघरी सडक खन्दा पाइप फुट्नु भनेको सुरक्षा चुनौती पनि हो,' उनले भने, 'पाइप मात्रै ७-८ मिटर फुटेको हो। तर, तेल जस्तो संवेधनशिल वस्तु भएकोले त्यति पनि ठूलै मान्नुपर्छ। किनभने त्यो भन्दा केही मुनी मुख्य पाइप छ।'

उनको अनुसार बुधबार परिक्षणको अन्तिम तयारीबारे जानकारी लिन भारतीय आयल निगमका अधिकारी नेपाल आउन लागेको बेला भएको यो घटनाले केही जटिलता निम्त्याएको छ।

'हामी मुख्य सचिव र मन्त्रीलाई यसबारे जानकारी दिनका लागि जाँदै छौं,' उनले भने।

इन्डियन आयल कर्पोरेसनको लगानीमा सञ्चालित यो परियोजनाका लागि नेपालले पाइप लाइन ओछ्याउने स्थान र वीरगन्जका केही स्थानमा नेपाल आयल निगमले मुआब्जा वितरणको कामबाहेक नेपाल सरकारको लगानी छैन । परियोजनाको लागत प्रतिकिमि भारु ४ देखि ५ करोड रुपैयाँ रहेकाले परियोजनाको कुल लागत झन्डै ३ सय ५० करोड रहेको छ ।

तस्बिर स्रोत : एनओसी


प्रकाशित : जेष्ठ २८, २०७६ १४:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्