कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

कांग्रेसद्वारा संसद अवरोध, १५ मिनेटका लागि बैठक स्थगित

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि सोमबार बिहान ११ बजे सुरु भएको प्रतिनिधिसभा बैठक १५ मिनेटको लागि स्थगित भएको छ । 

कांग्रेसद्वारा संसद अवरोध, १५ मिनेटका लागि बैठक स्थगित

गुठी विधेयकविरुद्ध आन्दोलित गुठियारहरुमाथि सरकारले दमन गरेको भन्दै प्रतिनिधिसभामा सत्तापक्ष र प्रतिपक्षका सांसदले विरोध गरेका थिए ।


बैठकको सुरुमै कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले गुठियारमाथिको दमन र गुठी विधेयकप्रति आपत्ति जनाएका थिए । त्यसपछि पुष्पा भुसालले विनियोजन बैठकबारे छलफल गर्न संसद बैठक डाकिएको भएपनि सभामुखले गुठी विधेयकबारे छलफल गराएकोमा आपत्ति जनाइन् । उनले गुठी विधेयक संस्कृति समाप्त पार्ने ढंगले आएको भन्दै विधेयक र गुठियारमाथिको दमनको विरोध गरिन् । उनले आइतबार भएको दमनको गृहमन्त्रीले सदनमा आएर जवाफ दिन आग्रह गरिन् ।


उनले गृहमन्त्रीले सदनमा आएर जवाफ नदिएसम्म बैठक चल्न नदिने उनले बताइन् । यसपछि सभामुख कृष्णबहादुर महराले घटनाको विषयमा सरकारको ध्यानाकर्षण गराउने बताए । उनले भने, 'अहिले गृहमन्त्री हुनुहुन्न । त्यसैले माननीयले उठाउनु भएको विषयमा सरकारको ध्यानाकर्षण गराउँछु । यो विषय गम्भीर नै हो ।'


यति भनेपछि पनि विपक्षी सांसद उठेरै विरोध गरिरहेपछि सभामुखले १५ मिनेटको लागि बैठक स्थगित भएको घोषणा गरेका थिए ।

राष्ट्रियसभा बैठक स्थगित


राष्ट्रियसभाको आजको बैठक पनि १५ मिनेटका लागि स्थगित भएको छ । बिहान ११ः१० बजे शुरु भएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले बैठक सुरु हुनासाथ उठेर विरोध जनाएपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १५ मिनेटका लागि बैठक स्थगित गरेका हु्न् ।


नेवा राजनीतिक अभियान तथा नेवा गुठी सङ्घसंस्थाले गुठीसम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ को खारेज गर्नुपर्ने माग गर्दै आइतबार माइतीघर मण्डलामा आयोजना गरेको शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरी प्रशासनले धरपकड तथा लाठी प्रहार गरेको भन्दै सो विषयमा सरकारसँग स्पष्ट जवाफको माग गर्दै सांसदहरुले राष्ट्रियसभाको बैठकमा अवरोध गरेपछि स्थगित भएको हो ।


सभामा नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले आइतबार भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले दमन गर्दा सञ्जीव बज्राचार्य, महेश्वर रञ्जितकारलगायत धेरै जना घाइते भएको भन्दै भर्त्सना गरे । उनले विधेयक संविधान विपरीत भएको भन्दै सच्याउनसमेत माग गरे ।


प्रकाशित : जेष्ठ २७, २०७६ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?