सरुवा गरेको स्थानमा जान अटेर गरेपछि गौर नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत निलम्बित

शिव पुरी

रौतहट — मन्त्रालयले गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कार्कीलाई दुई महिनाको अवधिमा ३ स्थानमा सरुवा गरेको थियो । मन्त्रालयको सरुवा पछि नगरपालीकाले उनको थमौतीका लागी पहल गर्दै आएको थियो । पछिल्लो पटक दार्चुला सरुवा भएका कार्की गएनन् । मन्त्रालयले त्यसैलाई आधार मानेर अटेर गरेको भन्दै शुक्रबार निलम्बन गरेको हो ।

सरुवा गरेको स्थानमा जान अटेर गरेपछि गौर नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत निलम्बित

मन्त्रालयले खटाएको कार्यालयमा हाजिर हुन नगई अटेर गरेको भन्दै संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले रौतहटको सदरमुकाम गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कार्कीलाई निलम्बन गरेको छ ।


अधिकृत कार्कीलाई यही जेठ १ गते शैल्यशिखर नगरपालिका दार्चुलामा कामकाज गर्न खटाइएको थियो । त्यस पछि मन्त्रालयले ३ दिन भित्र हाजिर हुन लिखित रुपमा पत्राचार तथा मौखिक निर्देशन दिएको थियो । कार्कीले त्यसको अवज्ञा गरेको हुनाले निजामति सेवा नियमावली २०५० को नियम १२४ बमोजिम २१ दिन भित्र बरबुझारथ गरी खटाईएको कार्यालयमा नगई गौर नगरपालिकामा बसकाले निजामति सेवा ऐन अनुसार दुई महिनाका लागी निलम्बन गरेको मन्त्रालयले पठाएको पत्रमा उल्लेख छ ।


निलम्बन पछि कार्कीले आईतबार बिहान जिल्ला छाडेका छन् । उनले आफू माथि अन्याय भएको बताए । ‘राम्रो काम गर्दागर्दै मन्त्रालय एक महिना भित्र ३ स्थानमा सरुवा गर्‍यो,’ उनले भने, ‘नगरपालीकाले नै राम्रो काम गरेको भनेर सरुवा रोक्न पहल गरेको हो । यसमा मेरो कुनै स्वार्थ छैन ।’ उनको सरुवा पछि जेठ १७ गते नै मन्त्रालयले नगरपालिकाका आर्थिक लेखा परिक्षक सरोजकुमारलाल दासलाई निमित्त प्रमुख प्रशासकिय अधिकृत तोकेर पठाएको थियो । उनलाई हाजिर हुन नदिए पछि स्थानीयले नाराबाजी गरेका थिए ।



प्रकाशित : जेष्ठ २६, २०७६ १३:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?