कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कछुवा संरक्षणलाई ३ बिघा

अर्जुन राजवंशी

विर्तामोड — सुखानी सहिद स्मृति प्रतिष्ठानले लोप हुन लागेका ७ प्रजातिका ४० भन्दा बढी कछुवा संरक्षण गरेको छ । अर्जुनधारा नगरपालिकास्थित सालबारीमा प्रतिष्ठानले करिब ३ बिघा क्षेत्रफलमा भौतिक पूर्वाधार बनाएर संरक्षण कछुवा संरक्षण गरेको हो । 

कछुवा संरक्षणलाई ३ बिघा

प्रतिष्ठानका उपाध्यक्ष टंक भट्टराईका अनुसार सात वर्षअघिदेखि कछुवा संरक्षण थालिएकामा यो वर्षदेखि स्थानीय सरकारले समेत सहयोग गरेको छ । संरक्षण तथा प्रजनन केन्द्रका लागि सानाठूला पोखरी, खुला ठाउँ, सुरक्षित घेराबारा, बोटबिरुवा रोपण गरिएको छ ।


झापाको टाङटिङ र बिरिङ खोलामा लोपोन्मुख ध्वाँसे-कन्डे-पाते कछुवा भेटिने गरेको केन्द्रका मुख्य संरक्षक टपिलप्रकाश राईले बताए । खोलामा भेटिएका लोपोन्मुख कछुवा केन्द्रमा ल्याएर संरक्षण गरिराख्ने गरेको उनले जानकारी दिए । केन्द्रमा लाम्चे, नरम ढकने खपटी, ध्वाँसे-कन्डे पाते, खैरो धुरे, पोखरी टिकटिक, मयूरपंखी लगायतका कछुवा संरक्षण गरिएको राईले बताए । कछुवा संरक्षणका लागि प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघले सहयोग गर्दै आएको छ । केन्द्रलाई अर्को नेपाल संस्थाले पनि सहयोग गर्दै आएको छ ।


संरक्षण केन्द्र सुखानी सहिद स्मृति पार्क पर्यटकीय स्थलभित्र छ । कछुवा संरक्षण तथा प्रजनन केन्द्र सञ्चालनमा आएदेखि जिल्लाको मेची बहुमुखी क्याम्पस, चितवन, काठमाडौं, धनगढीलगायत स्थानबाट जुलोजीका विद्यार्थी अध्ययनका लागि आउने गरेको राईले बताए । ‘जिल्लामै संरक्षण केन्द्र भएकाले हामीलाई कछुवाबारे अध्ययन अनुसन्धान गर्न सजिलो भएको छ,’ मेची बहुमुखी क्याम्पसमा बीएस्सी दोस्रो वर्षमा अध्ययनरत सोभित अधिकारीले भने ।


कछुवा संरक्षण केन्द्रका लागि प्रतिष्ठानले विभिन्न संस्थाको सहयोगमा करिब एक करोड रुपैयाँ लगानी गरेको छ । कछुवालाई वार्षिक रूपमा तीन लाखको खाना खुवाइने गरेको भट्टराईले बताए ।


प्रकाशित : जेष्ठ २२, २०७६ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?