कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

सरकारले पत्रकारको टाउकोमा तरबार झुन्ड्याइदियो : शर्मा

वीरेन्द्र केसी

अर्घाखाँची — कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले पत्रकारको शिरमा तरबार झुण्डाइदिएर लेख्ने कलम बन्द गरिदिन खाजेको आरोप लगाएका छन् । गणतन्त्र ल्याउन महत्वपूर्ण भूमिका खेलेका पत्रकारलाई विद्येयक ल्याएर स्वतन्तापूर्वक समाचार लेख्नलाई बन्देज गरी तानाशाह लाद्न खोजेको दाबी गरे ।

सरकारले पत्रकारको टाउकोमा तरबार झुन्ड्याइदियो : शर्मा

प्रेस युनियनले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा शर्माले कलमलाई नियन्त्रण गर्नु लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार गर्नु भएको बताए । स्वतन्त्र प्रेसलाई अंकुश लगाउने काम कांग्रेससलाई सैह्य नभएको उनले बताए । 'सरकारले राम्रो काम गरोस् हामी कमजोर प्रतिपक्ष रहेर सघाउँछौं,' उनले भने, 'समृद्धिको सपना देखाएर प्रधानमन्त्री केपी ओलीले दुरगामी परिणाम देखाउन सक्नु भएन । बजेट पनि कामचलाउ नै भयो ।' ओलीले वायुपंखाका कुरा गर्ने तर, कामको शैली वयलगाडा जस्तै भएको उनको तर्क छ ।


प्रधानमन्त्री रोजगार कार्यक्रम नाम मात्रैको भएको छ । 'विगतको बजेटबाट कोही पनि युवा रोजगारी भएनन्,' उनले भने । दुई तिहाइको सरकारको नेतृत्व गरेका बीपी कोइरालाले त्यतिबेला प्रधानमन्त्रीको २५ सय तलबलाई घटाएर २ हजार बनाएको उदाहरण दिँदै अहिलेको ओली सरकारले एक रुपैयाँ भए पनि तलब घटाएरर उदारता देखाउनु पर्थ्यो, ठीक उल्टो राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीको तलब बढाउनु बेठीक भएको शर्माको तर्क छ ।


सरकारले बालुवाटारको जग्गाको विषयलाई अन्यत्र मोडेको बताए । कांग्रेस सभापति शेरबहादुर देउवाको नाम जोडेर जग्गा हडप्ने आफना नेतालाई संरक्षण गर्न लागि परेको उनको भनाइ छ ।


गणतन्त्र ल्याउन महत्वपूर्ण भूमिका खेलेका नेत्रविक्रम चन्द समूहलाई आतंककारीको जस्तो व्यवहार गर्नु सरकारले गलत गरेको उनले बताए । चन्दलाई वार्तामा बोलाएर मुलुक परिवर्तन गर्ने मूलधारमा ल्याउन उनले सरकारलाई आग्रह गरे ।

प्रकाशित : जेष्ठ २१, २०७६ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?