कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

दिवंगतहरूको स्तम्भले भरिँदै थुक्लापास

कुम्भराज राई

सोलुखुम्बु — सगरमाथामा ज्यान गुमाउने नेपाली र विदेशीको स्मृतिमा बनाइएका स्तम्भहरूले थुक्लापास भरिँदै गएको छ । बाबुछिरी शेर्पादेखि दर्जनौँ साहसिक आरोहीको मृत्युमा स्मृति स्तम्भ बनाइएका छन् । यस्ता स्तम्भ बनाउनेमा अधिकांश आरोहीका आफन्त र शुभचिन्तक छन् ।

दिवंगतहरूको स्तम्भले भरिँदै थुक्लापास

केहीले पक्की संरचनासहित स्तम्भ राखेका छन् । यसरी पक्की स्तम्भ राख्दा वैधानिकता र पर्यावरणीय दुवै हिसाबले राम्रो नहुने पर्यटन व्यवसायीको भनाइ छ । ‘स्मृतिमा स्तम्भ बनाउनुहुन्न भन्ने हैन ।’ खुम्बुका स्थानीय जाङबु शेर्पाले भने, ‘तर पक्की नभएर ढुंगाको मात्र बनाए पनि हुन्छ ।’


कम्तीमा सयभन्दा बढी साना ठूला स्तम्भहरू थुक्लामा निर्माण गरिएका छन् । ‘गो टु स्लिप फरेभर इन द एभरेस्ट’ (सधैँका लागि तिम्रो बास सगरमाथामा होस्), उनको आत्मा सधैँ जीवित रहनेछ, तिम्रो आत्मालाई सधैँ शान्ति मिलोस्’ जस्ता वाक्य स्तम्भमा लेखिएका छन् । स्तम्भमा राखिएका तस्बिर र शब्दहरूले प्रायः जोकोहीलाई भावुक बनाउने गर्छ ।


सगरमाथामा मृत्यु हुनेको संख्या बढ्नु राम्रो नभएको अधिकांश शेर्पा आरोहीको भनाइ छ । सगरमाथा आरोहणका लागि सरकारले नियम बनाएर व्यवस्थित गर्नुपर्ने उनीहरूको तर्क छ । ‘यसरी जो पनि सगरमाथा आरोहणका लागि पैसा खर्च गरेर आउने हो भने आगामी वर्षमा भीड झनै बढ्छ ।’


नेपाल माउन्टेन एकेडेमीका क्लाइम्बिङ गाइड छिरिङजाङबु शेर्पा भन्छन्, ‘सरकारले व्यवस्थित गर्न नियम बनाउनैपर्छ ।’ यकिन तथ्यांक नभए पनि सगरमाथामा हालसम्म तीन सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । सयभन्दा बढीको शव अझै सगरमाथामै रहेको अनुमान छ ।

प्रकाशित : जेष्ठ २०, २०७६ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?