कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

शैक्षिक प्रमाणपत्र विवादमा मुछिएका न्यायाधीश उपाध्यायविरुद्ध भ्रष्टाचार मुद्दा

रासस

काठमाडौँ — न्यायपरिषद्ले तनहुँबाट अवकाशप्राप्त न्यायाधीश ओमकार उपाध्यायमाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलाएको छ । परिषद् सचिवालयले उपाध्यायको शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोप लगाई मुद्दा दर्ता गरेको हो ।

शैक्षिक प्रमाणपत्र विवादमा मुछिएका न्यायाधीश उपाध्यायविरुद्ध भ्रष्टाचार मुद्दा

‘परिषदको निर्णयअनुसार विशेष अदालतमा मुद्दा दायर भइसकेको छ,’ न्यायपरिषदका प्रवक्ता मानबहादुर कार्कीले कान्तिपुरसित भने । उपाध्यायको स्नातक तहको प्रमाणपत्र नक्कली भएको न्यायपरिषद्ले गरेको छानबिनबाट खुलेको छ ।


उपाध्यायमाथि भ्रष्टाचार नियन्त्रण ऐन २०५९ अनुसार कारबाही र सजाय माग गरिएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए । आरोप पुष्टि भए उनलाई ६ महिनादेखि एक वर्ष कैद र १० देखि २० हजार रुपैयाँसम्म सजाय हुनेछ । तनहुँमा जिल्ला न्यायाधीश रहेका उपाध्यायले आफूमाथि कारबाही हुने सुइँको पाएपछि राजीनामा दिएका थिए ।



प्रकाशित : जेष्ठ १९, २०७६ १९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?