योजना आयोग र एनपीआईबीच नीतिगत सहकार्य हुने

काठमाडौँ — राष्ट्रिय योजना आयोग र नेपाली पोलिसी इन्स्टिच्युट (एनपीआई) बीच नीतिगत परामर्शका लागि  दीर्घकालीन सहकार्य हुने भएको छ । 

थाइल्याण्डस्थित गैरआवासीय नेपाली संघको सहकार्य र त्यहाँस्थित नेपाली दूतावासको समन्वयमा बैंककमा आयोजना भएको प्रबुद्ध सम्मेलनमा उक्त आयोगका सदस्य मीनबहादुर शाहीले १५औँ आवधिक योजना कार्यान्वयनका क्रममा एनपिआइका अध्ययन र सुझाव समेट्न लिखितरूपमै सहकार्य गरिने बताएका हुन् ।


राष्ट्रिय विकास परिषद्को पछिल्लो बैठकमा एनपीआईका प्रतिनिधिलाई समेत सहभागी गराइएको थियो भन्दै उनले पञ्चवर्षीय योजना समृद्ध नेपालको परिकल्पनासहित २५ वर्षे दूरदृष्टिमा आधारित भएको जानकारी दिनुभयो ।


एनपीआईका अध्यक्ष खगेन्द्र ढकालले नेपालमा प्रत्यक्ष विदेशी लगानी, गरबी निवारण, वातावरण संरक्षण, मानवीय पूँजी विकास र आर्थिक कूटनीतिका विषयमा आफूहरुले निरन्तर नीतिगत सुझाव दिने जानकारी दिए ।

प्रकाशित : जेष्ठ १९, २०७६ १७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?