कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भारतीय विदेश मन्त्रीलाई देउवाको शुभकामना

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले भारतीय विदेशमन्क्रीमा नियुत्त भएका एस जयशंकरलाई बधाई दिएका छन् ।

भारतीय दूतावासमार्फत शनिबार बधाई सन्देश पठाउँदै देउवाले भनेका छन्, ‘तपाईंको विदेश सेवामा लामो योगदान र अनुभवले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले वैदेशिक मामिलामा नयाँ उचाइ लिने मलाई विश्वास छ ।’


देउवाले विदेश सचिव रहेका बेला जयशंकरसित भएका बैठकमा प्रस्तुत व्यक्तिगत ज्ञान र क्षमता स्मरण गरेको उल्लेख गरेका छन् । ‘तपाईंको विदेशमन्त्रीको कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध अझै बलियो हुनेमा आशावादी छु,’ देउवाले सन्देशमा भनेका छन् ।




प्रकाशित : जेष्ठ १८, २०७६ १८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?