बजेट भाषण : लागत खर्च रोजगारदाताले व्यहोर्नुपर्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले गन्तव्य मुलुकसँग द्विपक्षीय श्रम समझदारी गरेरमात्र आफ्ना नागरिकलाई वैदेशिक रोजगारीमा पठाउने भएको छ । संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/०७७ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले वैदेशिक रोजगारीमा जाने श्रमिकको लागत रोजगारदाताबाटै व्यहोर्ने गरी गन्तव्य मुलुकसँग द्विपक्षीय श्रम समझदारी गरिने बताए । 


बजेटमा वैदेशिक रोजगारीमा रहेका व्यक्तिलाई बैंकिङ प्रणालीमार्फत विप्रेषण आय पठाउन र उत्पादक क्षेत्रमा लगानी गर्न प्रोत्साहित गरिने उल्लेख गरिएको छ । श्रमसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धताको प्रभावकारी कार्यान्वयन गरिने छ ।


चालू आर्थिक वर्षमा सरकारले विभिन्न गन्तव्य मुलुकसँग द्विपक्षीय श्रम समझदारी गरेको छ । सो अवधिमा सरकारले मलेसिया र जापानसँग द्विपक्षीय श्रम समझदारी गरेको छ ।


त्यस्तै ओमनसँग श्रम समझदारीको मस्यौदामा सहमति भई छिट्टै हस्ताक्षर हुने तयारी गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अन्य गन्तव्य मुलुकसँग पनि द्विपक्षीय छलफललाई तीव्रता दिएको छ ।

प्रकाशित : जेष्ठ १५, २०७६ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्

बजेट भाषण : प्रमुख सहरहरुमा विद्युतीय बस सञ्चालनमा ल्याइने

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारकाले आगामी आर्थिक वर्षमा मुलुकका प्रमुख सहरहरुमा विद्युतीय बस सञ्चालनमा ल्याउने भएको छ । अर्थ मन्त्री युवराज खतिवडाले आर्थिक ०७६/७७को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले मुख्य सहरुमा विद्युतीय बसहरु सञ्चालनमा ल्याउने बताए । यस्तै विभिन्न सहरहरुमा चार्जिङ स्टेशनको निर्माण पनि गरिने उनले बताए ।

नयाँ सहर निर्माणका लागि १ अर्ब ९८ करोड बजेट विनियोजन गरेको छ । मेगा सिटी र स्मार्ट सिटी निर्माण गर्न सम्भाव्यता अध्ययन गरिने अर्थमन्त्री खतिवडाले बताए ।

जनता आवास कार्यक्रम अन्तर्गत ३० हजार घर निर्माणका लागि ४ अर्ब ३० करोड बजेट विनियोजन गरिएको छ । अगामी आर्थिक वर्षमा २० हजार घरका खर र फुसको छाना फेर्ने सरकारको योजना छ । यसका लागि ५३ करोड बजेट विनियोजन गरिएको छ ।

प्रकाशित : जेष्ठ १५, २०७६ १७:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×