बजेट भाषण : प्रमुख सहरहरुमा विद्युतीय बस सञ्चालनमा ल्याइने

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारकाले आगामी आर्थिक वर्षमा मुलुकका प्रमुख सहरहरुमा विद्युतीय बस सञ्चालनमा ल्याउने भएको छ । अर्थ मन्त्री युवराज खतिवडाले आर्थिक ०७६/७७को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले मुख्य सहरुमा विद्युतीय बसहरु सञ्चालनमा ल्याउने बताए । यस्तै विभिन्न सहरहरुमा चार्जिङ स्टेशनको निर्माण पनि गरिने उनले बताए ।

नयाँ सहर निर्माणका लागि १ अर्ब ९८ करोड बजेट विनियोजन गरेको छ । मेगा सिटी र स्मार्ट सिटी निर्माण गर्न सम्भाव्यता अध्ययन गरिने अर्थमन्त्री खतिवडाले बताए ।


जनता आवास कार्यक्रम अन्तर्गत ३० हजार घर निर्माणका लागि ४ अर्ब ३० करोड बजेट विनियोजन गरिएको छ । अगामी आर्थिक वर्षमा २० हजार घरका खर र फुसको छाना फेर्ने सरकारको योजना छ । यसका लागि ५३ करोड बजेट विनियोजन गरिएको छ ।


प्रकाशित : जेष्ठ १५, २०७६ १७:४२
प्रतिक्रिया
पठाउनुहोस्

बजेट भाषण : यसै वर्ष उपत्यकामा ३ हजार मानिस अट्ने सभाहल

कान्तिपुर संवाददाता

काठमाडौँ — अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६/०७७ को बजेट पेश गर्दै उपत्यकामा यसै वर्ष ३ हजार मानिस अट्ने सम्मेलन केन्द्र निर्माण गरिने बताएका छन् । यस्तै ३ वर्ष भित्र ५ हजार मानिस अट्ने सम्मेलन केन्द्र बनाइने र सबै प्रदेशमा २ हजार मानिस अट्ने सम्मेलन केन्द्र स्थापना गरिने घोषणा गरेका छन् ।

त्यसका साथै स्थानीय तहमा पनि सभाहल निर्माण गरिने बताएका छन् । उनले सडक बनाउँदा अनिवार्य फुटपाथ निर्माण गर्नुपर्ने बताएका छन् । यस्तै सहर सौन्दर्य कायम राख्न तारहरुको भूमिगत व्यवस्थापन गरिने भएको छ ।




प्रकाशित : जेष्ठ १५, २०७६ १७:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×