कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अर्थमन्त्रीद्वारा संसद्‌मा आर्थिक वर्ष २०७६/०७७ को बजेट प्रस्तुत

काठमाडौँ — सरकारले संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ को वार्षिक बजेट पेश गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसद्मा आव २०७६/७७ का लागि नेपाल सरकरको आय र व्ययको अनुमान अर्थात् बजेट आज पेश गरेका हु्न ।

अर्थमन्त्रीद्वारा संसद्‌मा आर्थिक वर्ष २०७६/०७७ को बजेट प्रस्तुत


अपडेट

अर्थमन्त्रीले राजश्व र व्ययको अनुमान प्रत्येक वर्ष जेठ महीनाको १५ गते संघीय संसद्मा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सभामुख कृष्णबहादुर महराले बैठक सुरु हुनासाथ अर्थमन्त्रीलाई बजेट प्रस्तुत गर्न अनुमति दिएका थिए । सरकारले वार्षिक अनुमान पेश गर्दा प्रत्येक मन्त्रालयलाई छुट्याएको रकमअनुसारको लक्ष्य प्राप्त भयो/भएन, त्यसको विवरण पनि पेश गर्नुपर्नेछ ।

अर्थमन्त्रीको हैसियतले डा खतिवडाले दोस्रो पटक सरकारको वार्षिक बजेट पेश गरेका हुन् । संघीय संसद् नयाँ बानेश्वरमा अर्थमन्त्री डा खतिवडाद्वारा अपराह्न ४ बजेदेखि पेश भइरहेको बजेट अवलोकनका लागि नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिलाई आमन्त्रण नगरिएको संसद् सचिवालले जनाएको छ ।

प्रकाशित : जेष्ठ १५, २०७६ १६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?