संसद्‌मा बजेट प्रस्तुत हुँदै

काठमाडौँ — सरकारले आर्थिक वर्ष २०७६/०७७ को बजेट बुधबार अपरान्ह प्रस्तुत गर्दै छ । अर्थमन्त्री युवराज खतिवडाले प्रतिनिधिसभा र राष्ट्रिय सभाको स‌ंयुक्त बैठकमा बजेट प्रस्तुत गर्न लागेका हुन् । 

संसद्‌मा बजेट प्रस्तुत हुँदै

वाम घोषणापत्रमा उल्लिखित केही एजेन्डालाई बेवास्ता गर्दा सत्तारूढ दल नेकपाभित्रै आलोचित बनेका अर्थमन्त्री खतिवडाले यस पटक वितरणमुखी कार्यक्रम राख्दै खुकुलो बजेट ल्याउन लागेका छन् ।स्रोतका अनुसार बजेटको आकार १५ खर्ब हाराहारी हुनेछ । यो बजेटका लागि १० खर्ब राजस्व उठाउने लक्ष्य छ । बाँकी रकम वैदेशिक सहायता तथा ऋण, आन्तरिक ऋण र यस वर्ष खर्च नभएर बचेको रकमबाट जुटाउने घोषणा अर्थमन्त्रीले बजेटमा गर्नेछन् ।



प्रकाशित : जेष्ठ १५, २०७६ १५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?