कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पृथ्वीराजमार्गको मुग्लिन सडकखण्ड बन्द हुने

रासस

मुग्लिन — पृथ्वीराजमार्गअन्तर्गत मुग्लिनको सडक बन्द हुने भएको छ । चितवन र तनहुँ जोड्ने मुग्लिनस्थित त्रिशूली नदीमाथि निर्माण भइरहेको आर्कब्रिजको निर्माणकार्य अन्तिम चरणमा रहेकाले दुवैतर्फको सडकको पर्खाल सतह कटिङ गरी टेवा पर्खाल लगाउने तथा सडक कालोपत्र गर्नुपर्ने भएकाले १४ दिन बन्द गरिने पुल योजना मध्यक्षेत्र सेक्टर नम्बर दुईले सूचना जारी गरी जनाएको हो ।

योजनाका अनुसार जेठ १६ गतेदेखि ३० गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र राति ९ बजेदेखि २ बजेसम्म बन्द गरिनेछ । विसं २०७५ को मसान्तमा काम सम्पन्न गर्नुपर्नेमा ठेकेदार कम्पनी एलाइट एड्भेञ्चर लोहनी जेभीले विविध कारण देखाउँदै समय थप मागेको थियो । थपिएको समय यही जेठ मसान्तमा सकिँदैछ । एक सय ६० मिटर लामो सो पुलको भाग १२० मिटर रहेको छ । सात दशमलव पाँच मिटरमा गाडी गुड्ने गरी बनाइएको पुल फुटपाथसहित ११ मिटर चौडा रहेको छ ।


मुग्लिन र तनहुँ जोड्ने निर्माणाधीन आरसिसी मोटरेवल आर्कब्रिज पूरा भएपछि दुईतर्फी आवागमन सहज हुने अपेक्षा गरिएको छ । विश्व बैंकको रु १२ करोड लागतमा यो पुल निर्माण गर्न लागिएको हो । पृथ्वी राजमार्गअन्तर्गत त्रिशूली नदीमा रहेको मुग्लिनको पुरानो पुल जीर्ण र कमजोर भएपछि विसं २०७१ बाट निर्माण शुरु गरिएको हो ।

प्रकाशित : जेष्ठ १५, २०७६ १५:२४
प्रतिक्रिया
पठाउनुहोस्

बोइङको ७३७ म्याक्स अगस्टसम्म पनि सञ्चालनमा नआउने 

रोयर्टस

सोल — अन्तर्राष्ट्रिय हवाई परिवहन संगठन (आईएटीए)ले बोइङको ७३७ म्याक्स विमान अगस्टसम्म पनि सञ्चालनमा नआउन जनाएको छ । विमान सञ्चालनमा ल्याइने वा नल्याइने विषय नियमनकारी निकायसँग निर्भर रहने उसले जनाएको छ ।

गत मार्चमा इथोपियामा यो मोडलको विमान दुर्घटनामा परेपछि विश्वभर ग्राउण्डेड गराइको थियो । उक्त दुर्घटनामा परी १ सय ५७ जनाको ज्यान गएको थियो ।

आईएटीएका प्रबन्ध निर्देशक एलेक्जेन्डर डी जुनेइकले सोलमा पत्रकारहरुसँग कुरा गर्दै १० देखि १२ हप्ताभित्र म्याक्स ७३७ पुनःसञ्चालनमा आउनेमा अहिले पनि विश्वस्त नभएको बताए । उनले विमान पुनःसञ्चालनमा आउने कुरा नियमन निकायसँग निर्भर रहेने बताए ।

५ देखि ७ हप्ताभित्र ओईएटीएले विमान कम्पनी, नियमन निकायहरु र बोइङसँग एउटा सम्मेलनको आयोजना गर्दैछ । उक्त सम्मेलनमा म्याक्स ७३७ लाई पुनःसञ्चालनमा ल्याउन के गर्नुपर्ने विषयमा केन्द्रीत हुने उनले बताए ।

७३७ म्याक्स ग्राउण्डेड भएपछि पछिल्लो ६ महिनायता विमान उद्योग नराम्रो अवस्थामा गुज्रिरहेको जुनेइकले बताएका छन् ।

आईएटीएले गत डिसेम्बरमा सन् २०१९मा विमान उद्योगको नाफा ३५ दशमलव ५ बिलियन अमेरिकी डलर हुने प्रक्षेपण गरेपनि आगामी जुन २ मा हुने वार्षिक बैठकले यसलाई परिमार्जन गर्ने बताइएको छ । विमान उद्योगको नाफा घट्ने बताइएको छ ।

यो पनि पढ्नुहोस्ः

प्रकाशित : जेष्ठ १५, २०७६ १४:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×