१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कार्यकाल सकेर निगमबाट बाहिरिए कंसाकार

काठमाडौँ — नेपाल वायुसेवा निगमकालागि दुईटा वाइडबडी विमान खरिद गर्ने महाप्रबन्धक सुगतरत्न कंसाकार चार वर्षे कार्यकाल सकेर सोमबार बिदा भएका छन् । 

कार्यकाल सकेर निगमबाट बाहिरिए कंसाकार

०७२ जेठ १४ गते नेपाल सरकारले उनलाई निगमको महाप्रबन्धकमा नियुक्त गरेको थियो । उनी अघि खुला प्रतिष्प्रर्धाबाट मदन खरेल महाप्रवनधक छानिएका थिए । त्यसताका निगमले खरिद गरेका दुईटा न्यारोबडी विमानलाई समयमै उडान नसकेपछि खरेल विवादमा तानिएका थिए ।


भारतको नयाँदिल्लीका लागि तय गरिएको पहिलो उडान तोकिएकै दिन गराउन नसकेपछि तत्कालीन सरकारले ‘देशकै प्रतिष्ठामा आँच पुगेको’ जनाउँदै मुख्यसचिव लिलामणि पौडेलको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । सरकारको उक्त कदमप्रति असहमति जनाउँदै खरेलले ०७१ चैत्रमा ४ वर्षे कार्यकाल पूरा नगरी २९ महिनामै राजीनामा दिएपछि मन्त्रीपरिषदले संस्थानको नेतृत्व सम्वन्धि नियम संसोधन गरेर कंसाकारलाई महाप्रवन्धकमा ल्याएको थियो ।


पूरा कार्यकाल सकेर जाने पहिलो महाप्रबन्धकका रुपमा रहेका कंसाकार वाइडबडी विमान खरिद प्रक्रियामा तानिएका छन् । यस प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।


कंसाकार बाहिरीएसँगै निगमको ७ सदस्यीय संचालक समितिमा एक स्थान रिक्त भएको छ । ३४ वर्ष टेलिकममा बिताएका कंसाकार इन्जिनियर हुन । सार्वजनिक संस्थानमा ४१ वर्ष बिताएका कंसाकारको स्थानमा प्रधानमन्त्री केपी शर्पा ओलीले असोजमा फेरि खरेललाई नै ल्याएका थिए । पर्यटन सचिव संचालक समितिको अध्यक्ष रहने निगममा हाल खरेल कार्यकारी अध्यक्षको भूमिकामा छन् । सरकारले पर्यटन सचिवलाई अध्यक्षबाट हटाइसकेको छ ।

प्रकाशित : जेष्ठ १४, २०७६ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?