१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

भिडियोमा अमेरिकी राजदूत

काठमाडौँ — नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले ‘राजदूतसँग गफगाफ’ को पहिलो भिडियो सार्वजनिक गरेका छन् । 

भिडियोमा अमेरिकी राजदूत

अमेरिका पढ्न जान चाहने विद्यार्थीका लागि एक प्रश्नकर्ताको जवाफ दिएर उनले गफगाफ सुरुवात गरेका हुन् ।

कूटनीतिज्ञले नेपाली समाजसँग प्रत्यक्ष अन्तरसंवाद गर्न लागेको भन्ने समाचार बाहिर आएपछि परराष्ट्र मन्त्रालयले गत साता राजदूत बेरीलाई स्पष्टीकरणमा बोलाएको थियो । स्रोतका अनुसार परराष्ट्र सचिव शंकर बैरागीले राजदूत बेरीलाई गफगाफ कार्यक्रममा ‘पुनर्विचार’ गर्न आग्रह गरेका थिए ।

सामाजिक सञ्जालमा सोझै प्रश्नोत्तर गरिने कार्यत्रम रहेकाले राजदूत बेरीको कदम ‘कूटनीतिक परम्परा र मर्यादा बाहिर’ भनेर आलोचना पनि भएको थियो ।

‘प्रश्नकर्ताका सरोकार र जिज्ञासा अनेक हुन सक्छन्, त्यसमध्ये छनोट गरेर मात्रै प्रश्नोत्तर सम्भव छ,’ सोमबार राजदूत बेरीको पहिलो भिडियो सार्वजनिक गरेलगत्तै दूतावासका एक अधिकारीले भने, ‘यस्ता भिडियो नियमित रूपमा आउन सक्नेछन् । सबैमा रेकर्डेड र सम्पादित श्रव्यदृश्य हुनेछ ।’ राजदूतको भिडियो आफूखुसी सार्वजनिक भइसकेपछि भने परराष्ट्र मन्त्रालयका अधिकारीले यसबारेमा प्रतिक्रिया दिन चाहेनन् ।

अमेरिकी दूतावासको टवीटर, फेसबुक, इन्स्टाग्रामसहितका सामाजिक सञ्जालमा जोडिएका ४० लाख फलोअरसँग प्रत्यक्ष भेटघाट गर्न असम्भव भए पनि उनीहरूबाट आउने जिज्ञासा र सरोकारलाई सम्बोधन गर्न आफू ‘राजदूतसँग गफगाफ’ अन्तरसंवादमा आउन लागेको राजदूत बेरीले जनाएका थिए ।

प्रकाशित : जेष्ठ १४, २०७६ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?