कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

अदालतमै कुटिए वकिल

नारायण शर्मा

नवलपरासी — पूर्वी नवलपरासीको जिल्ला अदालत परिसरभित्रै अधिवक्ता चेतनाथ डुम्रे कुटिएका छन् । सोमबार दिउँसो अदालतमा बहसका लागि जाँदै गरेको अधिवक्ता डुम्रेलाई गैडाकोट–८ का ५८ वर्षीय दुर्गा ढुंगानाले कुटपिट गरेको अधिवक्ता गणेश अधिकारीले जानकारी दिए । 

डुम्रे बार एसोसिएसन नवलपरासीका पूर्व अध्यक्ष हुन् । जिल्ला बार एसोसिएसनका उपाध्यक्ष गणेश अधिकारीले एक विज्ञप्ति निकालेर अधिवक्ता डुम्रेमाथि हातपात गरेर दुर्व्यवहार गर्नेलाई कडा कारबाहीको माग गरेका छन् । हातपात गर्ने ढुंगाना नेकपाका स्थानीय नेता समेत हुन् । गाडी दुर्घटना सम्बन्धी मुद्दाको साक्षी बस्ने काममा ढुंगाना अदालत आएका थिए ।


बार एसोसिएसनले अदालतको काम प्रभावित गर्न खोजेको र अभद्र व्यवहार गरेको आरोपमा ढुंगानाविरुद्ध मुद्दा दायर गर्ने भएको छ । जिल्ला अदालतमै वकिल कुटिएको यो पहिलो घटना हो ।

प्रकाशित : जेष्ठ १३, २०७६ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?