कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

गुडिरहेको ट्रकमा करेन्ट लाग्दा दुईको मृत्यु

हेटौडा — मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीको कोगटे खोला नजिक गुडिरहेको ट्रकमा ११ हजार भोल्टेजको करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

गुडिरहेको ट्रकमा करेन्ट लाग्दा दुईको मृत्यु

काठमाडौँबाट ईपा खानीखोला हाइड्रोपावरको निम्ति ट्रान्समिटर बोकेर जाँदै गरेको टेलर गाडीका चालक र जेसिबी चालकको करेन्ट लागेको मृत्यु भएको हो । टेलर सिस्नेरी कुइन्टार आइपुग्दा पोलको तारमा ट्रान्समिटरले छोएपछि चालक र सहचालकलाई करेन्ट लागेको थियो ।


चालकलाई करेन्ट लागेको अवस्थामा बचाउन जाँदा जेसिबीका चालकको पनि मृत्यु भएको हो ।करेन्ट लागेर मृत्यु हुनेमा टेलर चालक नुवाकोट वेलकोटगढी मझुवाका ३५ वर्षीय विशाल तामाङ र सिन्धुली तीनपाटन गाउँपालिका आमबोटेका जेसिबी चालक वीरबहादुर मगर रहेका छन् ।


घाइते हुनेहरूमा तीन पाटन ९ बस्ने २५ वर्षीय गोपाल रामुनी र दाङ घर भई ललितपुर बस्ने ४५ वर्षीय महेश बस्नेत रहेका छन् । उनीहरूलाई उपचारको लागि काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रकाशित : जेष्ठ १३, २०७६ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?