आर्थिक सर्वेक्षण : ५९ प्रतिशत जनसंख्या सहरमा बस्छन्

दीपेन्द्र विष्ट

काठमाडौँ — मुलुकको सहरी जनसंख्या ५९ प्रतिशत भन्दा बढी पुगेको छ । २ सय ९३ नगर घोषणा गरेपछि सहरी क्षेत्रमा बसोवास गर्नेको संख्या १७ बाट बढेर ५९ प्रतिशत पुगेको आर्थिक सर्वेक्षण ०७५/७६ ले देखाएको छ । यस अघि ५८ वटा नगरपालिका हुँदा सहरी जनसंख्या १७ प्रतिशतमा रहेको उल्लेख छ । 

आर्थिक सर्वेक्षण : ५९ प्रतिशत जनसंख्या सहरमा बस्छन्

१७ हजार ३९ आवास इकाइ निर्माण सम्पन्न भएका र ३८ हजार ८ सय ८४ निर्माणको चरणमा छन् । काठमाडौं उपत्यका रहेका वाग्मती, विष्णुमती, इच्छुमती, मनोहरा, हनुमन्ते, नख्खुखोला लगायत नदीलाई प्रदुषणमुक्त बनाउन ढल निर्माण कार्य सम्पन्न गरेको छ ।


सुन्दरीजल ५ किमि भन्दा माथि धापमा भइरहेको ड्यामको काम ४५ प्रतिशत सम्पन्न भइसकेको छ । गोकर्णदेखि सिनामंगलसम्मको व्युटीफिकेसन ६७ प्रतिशतले सम्पन्न भइसकेको छ ।


एमोनिया नक्सा संकलन


भूमी व्यवस्था तथा सहकारी भन्त्रालययले भू-संरचनामा देखिएको अन्योलता हटाउन एमोनिया नक्सा संकलन प्रक्रिया अघि बढाएको छ । सर्वेक्षण अनुसार विभिन्न जिल्लाका नापी कार्यालय ७ सय २७ सीट एमोनिया नक्सा संकलन तथा ३७ हजार कित्ताहरु फिल्ड बुक स्क्यानिङ भएको छ । सर्वेक्षण अनुसार नापी कार्यालयबाट प्रवाह हुने सेवालाई व्यवस्थित र विश्वनीय बनाउन भौगर्भिक प्रयोग प्रणाली तयार गरिएको छ ।


१० जिल्लाका ९२ गाउँपालिका/नगरपालिकाको नक्सा डाटा तयार गरिएको छ । प्रदेश तथा स्थानीय तहको प्रशासनिक नक्साको डाटावेश तयार गरिएको छ । टोपोग्राफिलकल डाटावेश लाई राष्ट्रिय मापदण्डमा परिवर्तन गरिएको छ । भूमिसुधार कार्यक्रम अन्तर्गत २७ हजार २ सय ३६ मुक्त कमैया र ७ हजार २ सय २८ हलिया पुनर्स्थापित भएका छन् ।


मुक्त कमैया परिवार मध्ये ७४ परिवारलाई जग्गा खरिद गर्न, ४८ परिवारलाई घर निर्माण गर्न, काठ खरिद गर्न ११ हजार ४ सय ३६ मध्ये ६ हजार ३ सय १७ परिवारलाई काठ खरिद गर्न अनुदान दिइएको छ । मुक्त हलिया परिवारमध्ये १ हजार परिवारलाई जग्गा खरिद गर्न, १ हजार ५ सय ३१ परिवारलाई घर निर्माण गर्न र ५ हजार ७ सय १८ परिवारलाई घर मर्मत गर्न अनुदान उपलब्ध गराएको छ ।


प्रकाशित : जेष्ठ १३, २०७६ १४:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?