कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौं विस्फोटमा मृत्यु हुनेको संख्या ४ पुग्यो [अपडेट] 

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौंमा आइतबार अपराह्न भएको बम विस्फोटनमा मृत्यु हुनेको संख्या ४ पुगेको छ । सुकेधारा विस्फोटमा थप एकको मृत्यु भएपछि मृतकको संख्या बढेको हो । सुकेधारा ढलान पुल नजिक दिउँसो बम विस्फोट हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए । घाइतेमध्ये ओम अस्पतालमा उपचाररत एक जनाको राति मृत्यु भएको प्रहरीले जनाएको छ । 

यस्तै अपराह्न भएको सिलिन्डर बम विस्फोटमा अनामनगरमा एक जनाको मृत्यु भएको छ । मृतक नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका विद्यार्थी नेता प्रज्ज्वल शाही हुन् ।


यी पनि

प्रकाशित : जेष्ठ १२, २०७६ २१:१७
प्रतिक्रिया
पठाउनुहोस्

सुकेधारा विस्फोटमा मृत्यु हुनेको परिचय अझै खुलेन, अनामनगर घटनामा चन्द कार्यकर्ताको मृत्यु 

शक्तिशाली थियो विस्फोट : प्रहरी
जनकराज सापकोटा

काठमाडौँ — घटना भएको चार घन्टा बितिसक्दा पनि सुकेधारा विस्फोटका मृतकको परिचय खुल्न सकेको छैन । अनामनगर विस्फोटमा प्रज्वल शाहीको मृत्यु भएको जनाएको छ । शाही प्रतिबन्धित चन्द समूहका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिईभिटी) इकाईका विधार्थी नेता हुन् । अनामनगर र सुकेधारामा लगभग दस मिनेटको अन्तरमा विस्फोट भएको थियो । 

प्रहरी स्रोतका अनुसार सुकेधाराको विस्फोट शक्तिशाली रहेको थियो । विस्फोटस्थलमा प्रहरीले उछिटि्टएका मानव अंग र गिदी फेला पारेको थियो । मृतक दुईको शरीरका विभिन्न अंग उछिट्टिएको देखिन्छ । प्रहरीका अनुसार घटनामा घाइते पाँच जनाको चाबहिलको ओम अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये चिन्ताजनक तीन जनाको भने सघन उपचार कक्ष (आइसीयू) मा उपचार भइरहेको छ । अस्पतालमा खटिएका एक प्रहरीका अनुसार एक जनाको टाउकोमा गहिरो चोट भएकाले अप्रेसनको तयारी सुरु भएको छ भने अर्का एक घाइतेको खुट्टाको भाग नै चुँडिएको देखिन्छ । ती प्रहरी अधिकारीले विस्फोट शक्तिशाली भएको बताए ।

कान्तिपुरसँग सम्पर्कमा आएका प्रहरी अधिकारीहरुले सुकेधारामा सिलिन्डर नपड्किएको र त्यहाँ बम नै विस्फोट भएको हुनसक्ने आंकलन सुनाए । अनुसन्धानमा संग्लन एक प्रहरी अधिकारीले भने, 'प्रेसर कुकर विस्फोट भएको अनुमान गरिए पनि प्रेसर कुकरका टुक्राहरु केही भेटिएनन् ।'

प्रकाशित : जेष्ठ १२, २०७६ २१:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×